डोल्पा कारागारबाट भागेका ६ कैदीबन्दी पक्राउ « Khabarhub

डोल्पा कारागारबाट भागेका ६ कैदीबन्दी पक्राउ


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– जिल्ला कारागार डोल्पाबाट फरार भएका ८ मध्ये ६ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार थप दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पाका हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक रहेका छन् ।

उनीहरूलाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ रङगाउँभन्दा माथिको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका बुढा र विक दुवै जना जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् ।

यसअघि कात्तिक १८ गते प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पास्थित रङगाउँमा कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा कालीप्रसाद रोकाय र जाजरकोटका कपिल परियारलाई पक्राउ गरेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार कात्तिक १७ गते रुकुमपश्चिमका रामबहादुर विक र सल्यानका रेशम राना पक्राउ परेका थिए ।

यही कात्तिक १४ गते डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी भागेका थिए । भागेकामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको र बाँकी दुई कैदीबन्दीको खोजीकार्य भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ८ : २० बजे

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

बाजुरा– तिहार पर्वको सार्वजनिक बिदाको समयमा पनि बाजुरा जिल्ला अदालत

डोल्पा कारागारबाट भागेका ६ कैदीबन्दी पक्राउ

कर्णाली– जिल्ला कारागार डोल्पाबाट फरार भएका ८ मध्ये ६ जना

आज कर्णाली र पोखरा तथा चितवन र काठमाडौँ खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई

गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिकामा सयपत्री फूलखेती विस्तार भएको छ ।

चितवनको घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीर सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग