दुई दशकदेखि तरकारीको बेर्ना उत्पादनमा राजकुमार « Khabarhub

दुई दशकदेखि तरकारीको बेर्ना उत्पादनमा राजकुमार


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् । उनले तरकारीको बेर्नासँगै गहुँ र धानको बीउ पनि बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका हुन् ।

परम्परागत रूपमा गहुँ र धानखेतीसँगै उहाँले विभिन्न जातका तरकारीको बेर्ना उत्पादनलाई आम्दानीको स्रोत बनाएका छन् । उनले प्याज, टमाटर, बन्दा, काउली, खुर्सानीलगायत विभिन्न प्रजातिका तरकारीको बेर्ना उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।

‘गहुँ र धान खेती बुबाको पालादेखि नै गर्दै आएको हुँ, तरकारीको बेर्ना उत्पादनमा लागेको पनि २० वर्ष भयो,’ रानाले भने, ‘बेर्ना बिक्रीबाट राम्रो आम्दानी हुन्छ अरू आम्दानीको स्रोत छैन यसैबाट घरखर्च चलेको छ ।’ उनले दुई बिघा आफ्नै जग्गा र दुई बिघा अधियाँमा गहुँ र धानखेती गर्दै आएका छन् ।

गहुँ र धानको बीउ बिक्रीबाट मात्रै वार्षिक चार लाख आम्दानी गर्दै आएको रानाले बताए । ‘गहुँ र धानको बीउ बिक्रीबाट वार्षिक दुई–दुई लाख आम्दानी हुन्छ’, रानाले भने, ‘२० देखि २५ हजारको बेर्ना बिक्री गर्छु ।’ उनले यस वर्ष प्याजको बेर्ना मात्रै २५ हजारको बिक्री गरेको जानकारी दिए । यसबाहेक अन्य बन्दा, काउलीलगायत तरकारीको बेर्ना बिक्रीबाट एक लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ ।

बेर्ना बिक्रीबाट राम्रो आम्दानी हुने बताउँदै उनले स्वदेशमा कृषि कर्मबाट पनि सहज जीविकोपार्जन गर्न सकिने सन्देश युवालाई दिए । ‘तरकारीको बेर्ना बिक्रीबाट घरखर्च चल्छ । प्रतिबोट दुईदेखि तीन रुपयाँसम्म बिक्री गर्छु’, उनले भने, ‘बिक्रीका लागि समस्या छैन, गाउँघरमा किन्ने आउनुहुन्छ, बजार जानु पदैन ।’

गहुँ र धानको बीउ गाउँमै बिक्री हुने गरेको रानाको भनाइ छ । ‘घर नजिकै उदयदेव सहकारीको बीउ प्रशोधन केन्द्र छ त्यहा गहुँ र धानको बीउ बिक्री गर्छु’, उनले भने, ‘मेरो कुनै रोजगारी छैन खेती र तरकारीको बेर्ना बिक्री गरेर अर्को पटक खेती गर्नमा लगानी गर्छु । छोराछोरीको पढाइ र घरखर्च सबै चलेको छ ।’

उनको व्यवसायले गाउँमा तरकारी खेती गर्ने अन्य किसानलाई पनि सहज बनाएको छ । विभिन्न जातका तरकारीका बेर्ना गाउँमै उपलब्ध हुने भएपछि तरकारी खेती गर्ने किसानलाई सहज भएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ९ : ५६ बजे

घरदैलोमै पुगेर विद्यार्थीको पढाइ र शैक्षिक अवस्थाबारे बुझ्दै जामुनाखर्क विद्यालय

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयले घरदैलोमै पुगेर

दुई दशकदेखि तरकारीको बेर्ना उत्पादनमा राजकुमार

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको

दीपावली र छठ : परम्परागत पुर्ख्यौली सीपबाट आर्जनको अवसर

महोत्तरी– मधेसको मिथिला क्षेत्र अहिले दीपावली र छठ पर्वको उमङ्गमा

उत्पादन बढेपछि फूलको मूल्य घट्यो

सुनसरी– यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

रसुवा– भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा