काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार युवराज सिंह सम्राले आक्रमक शतक र कुशल भुर्तेलको अर्धशतकले पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेका पोखराले सम्राको यस सिजनको पहिलो शतकमा ३ विकेट गुमाएर २१७ रन बनाएको हो ।
युवराज सम्राले ४५ बलमा १० चौका र ६ छक्का मदतमा १०० रन पूरा गरेका हुन् । उनले कूल ४८ बल खेल्दै १०२ रन बनाए । यस्तै कुशलले ३९ बल खेल्दै ७ छक्का मदतमा ६२ रन जोडे ।
यस सिजनमा २०० रन स्कोर पुरा गर्ने पहिलो टिम नै पोखरा बनेको छ ।














प्रतिक्रिया