कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी  « Khabarhub

कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी 


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी भएको छ ।

कम्प्लेक्स व्यवस्थापनले जारी गरेको सूचनाअनुसार गत असोज २२ गते आइतबार साँझ १० बजे कम्प्लेक्सको नवौँ तलामा रहेको एलसी ७(४०३४) नम्बरको पसलमा आगलागी भएको थियो ।

आगलागीबाट उक्त पसलसहित कम्प्लेक्सको अन्य पसलमा समेत क्षति पुगेको व्यवस्थापनले जनाएको छ । आगलागीका कारण पाइपिङ तथा सिलिङमा समेत व्यापक क्षति पुगेको सूचनामा उल्लेख छ ।

त्यसैगरी कम्प्लेक्सका विभिन्न स्थानमा धुवाँ, सिसाका टुक्रा तथा धुवाँको गन्ध रहेकाले पसल सञ्चालन गर्न र आवतजावत गर्न असुरक्षित अवस्था सिर्जना भएको व्यवस्थापनले जनाएको छ ।

उक्त अवस्थालाई मध्यनजर गर्दै व्यवस्थापनले असोज २३ गतेदेखि २६ गतेसम्म कम्प्लेक्स पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  २ : ३३ बजे

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

बेइजिङ- अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गरिरहेको

घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

चितवन– घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण सडक

कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी 

काठमाडौं – काठमाडौंको कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी भएको छ ।

नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

त्रिशूली – नुवाकोटको विदुर नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा तीन

सम्राको शतक र कुशलको अर्धशतकले पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार युवराज सिंह सम्राले