साम्राको शतकमा पोखराको शानदार जित, कर्णाली ६३ रनले पराजित « Khabarhub

साम्राको शतकमा पोखराको शानदार जित, कर्णाली ६३ रनले पराजित


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले शानदार जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न सोमबारको पहिलो खेलमा पोखराले कर्णालीलाई ६३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णालीले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ५४ रन बनायो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाए । ३१ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे ।

त्यसैगरी, आरिफुल इस्लामले २४, दीपक डुम्रेले २२ र सोमपाल कामीले २१ रन बनाए ।

बलिङतर्फ मेहदी हसनले ३ तथा धनञ्जय लक्षण, कुशल भुर्तेल र विपिन खत्रीले समान २ विकेट लिए ।

यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले युवराज सम्राको शतकीय पारीमा ३ विकेट गुमाएर २ सय १७ रन बनायो ।

युवराज सम्राले ४५ बलमा १० चौका र ६ छक्का मदतमा १०० रन पूरा गरे । उनले कूल ४८ बल खेल्दै १०२ रन बनाए । यस्तै कुशलले ३९ बल खेल्दै ७ छक्का मदतमा ६२ रन जोडे ।

बलिङतर्फ कर्णालीका सोमपाल कामीले दुई तथा मार्क वाटले एक विकेट लिए ।

लिगमा यो पोखराको पहिलो जित हो । यसअघि खेलेका सबै चार खेलमा हार व्यहोरेको पोखराले पाचौँ खेलमा शानदार जित हासिल गरेको हो ।

जितका बावजुद पोखरा अंक तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ४ : १३ बजे

साम्राको शतकमा पोखराको शानदार जित, कर्णाली ६३ रनले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले शानदार

पोखराले तोड्यो हारको सिलसिला, ६३ रनले कर्णाली पराजित (तस्बिरहरु)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले पहिलो जित

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि

संरक्षणको अभावमा छेडेदह ताल

बाजुरा– छेडेदह ताल संरक्षणको अभावमा जोखिममा पर्दै गएको छ ।

मध्यावधि निर्वाचनपछि ट्रम्प र डेमोक्रेटबीच टकराव चुलियो, अनुसन्धानको चेतावनी

वासिङ्टन – अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि