काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा चितवनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि काठमाडौं ब्याटिङमा उत्रिएको छ ।
खेलमा काठमाडौंले पाचौँ विकेट गुमाएको छ । खेलको १५ ओभर ५ बलमा अर्धशतक बनाएका काठमाडौंका रशिद खान आउट भए ।
सिकन्दर राजाको बलमा आउट हुनुअघि उनले ५२ रन बनाए । ३० बलको सामना गरेका उनले यस क्रममा उनले २ चौका र ४ छक्का प्रहार गरे ।
लिगको अंक तालिकामा ६ अंकका साथ काठमाडौं दोस्रो स्थानमा छ । चितवन भने ५ अंकका साथ चौथो स्थानमा छ ।














प्रतिक्रिया