चितवनलाई १० रनले हराउँदै काठमाडौँ एनपीएलको शीर्ष स्थानमा « Khabarhub

चितवनलाई १० रनले हराउँदै काठमाडौँ एनपीएलको शीर्ष स्थानमा


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन राइनोजमाथि १० रनले विजयी भएको छ ।

सुरुमा ब्याटिङ गरेको काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछ्यााएको चितवन १७० रनमा रोकिएको हो । सुरुवात राम्रो गरेको चितवनले अन्तिममा लगातार विकेट गुमाउँदा १० रनको हार व्यहोर्नुपरेको हो ।

चितवनलाई हराएसँगै लगातार चार जित निकाल्दै ५ खेलमा ८ अंक जोडेर काठमाडौँ एनपीएलको शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको लुम्बिनीको सात अंक छ ।

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएयता उत्कृष्ट कमब्याक गरेको काठमाडौँले ५ खेलमा ८ अंक जोड्दै लुम्बिनी लायन्सलाई १ अंकले पछि पार्दै शीर्ष स्थान कब्जा गरेको हो। सोमबारको जितसँगै काठमाडौँको प्लेअफमा पुग्ने सम्भावना लगभग पक्का भएको छ। पराजित चितवन ५ खेलमा ५ अंकसहित चौथो स्थानमा छ।

चितवनका कप्तान सिकन्दर राजाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ८० रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो।

यसअघि ओपनरद्वय डेबिड वार्नर (१) र साहिल पटेल (८) लाई १३ रनमै गुमाए पनि काठमान्डुले इनिङ्स सम्हालेको थियो। अलराउन्डर रशिद खानले ३० बलमा २ चौका र ४ छक्कासहित ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले।

जारी एनपीएलमा रशिदको यो दोस्रो अर्धशतक हो। त्यस्तै, सहन अराचिगेले ३३, विलियम बोसिस्टोले २७ र कप्तान करण केसीले ३ बलमा लगातार तीन छक्कासहित २० रनको आक्रामक योगदान दिए। चितवनका रिजन ढकालले ३, तथा सिकन्दर राजा र कमलसिंह ऐरीले २-२ विकेट लिए।

१ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ७ विकेट गुमाई १ सय ७० रन मात्र बनाउन सक्यो। अर्जुन साउद (२३) र कामिल मिसरा (२८) ले पहिलो विकेटका लागि ५८ रनको राम्रो सुरुआत दिलाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। डान मुस्लीले २९ रन बनाए भने रबि बोपाराले ३५ बलमा ५५ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जिтаउन सकेनन्।

काठमाडौँ बलर सहन अराचिगेले २ तथा कप्तान करण केसी, जाहन्दद खान, सन्तोष यादव र गणेश गौतमले १-१ विकेट हात पारे। एनपीएल अन्तर्गत मंगलबार एक खेल हुँदैछ । उक्त खेलमा जनकपुरले सुदूरपश्चिमको सामना गर्ने छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ८ : ५७ बजे

पर्वतीय क्षेत्रको उत्थानशीलताका लागि जलवायु वित्त बढाउन परराष्ट्रमन्त्री खनालको जोड

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले पर्वतीय क्षेत्रको उत्थानशीलता अभिवृद्धिका लागि

चितवनलाई १० रनले हराउँदै काठमाडौँ एनपीएलको शीर्ष स्थानमा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा

‘टाइम’ को १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विख्यात अमेरिकी पत्रिका ‘टाइम’

सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो कटनुखोला

विराटनगर – मोरङको रतुवामाई नगरपालिकामा विकास आयोजना तोकिएको समयभन्दा १०