‘राजा साव’ सेन्सर परिवर्तनसहित रिलिज, विजयको फिल्मसँग प्रतिस्पर्धा चुनौतीपूर्ण « Khabarhub

‘राजा साव’ सेन्सर परिवर्तनसहित रिलिज, विजयको फिल्मसँग प्रतिस्पर्धा चुनौतीपूर्ण


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउथ सुपरस्टार प्रभासको बहुप्रतीक्षित हरर कमेडी फिल्म ‘राजा साब’ शुक्रबार रिलिज हुँदैछ। तर सेन्सर बोर्डले दुई मुख्य दृश्यमा परिवर्तनको सुझाव दिँदा फिल्मको लम्बाइमा असर परेको छ।

भारतीय मिडियाका अनुसार, पहिलो परिवर्तन भुइँमा बगिरहेको रगत देखाइएको दृश्यमा गरिएको छ। अब उक्त दृश्यमा रगत कालो र सेतो रंगमा देखाइनेछ। दोस्रो परिवर्तन टाउको काटिने दृश्यमा गरिएको छ, जसले फिल्मको रनटाइम चार सेकेन्ड घटाएर १८९ मिनेट (३ घण्टा ९ मिनेट) बनाएको छ।

‘राजा साब’ भारतीय सिनेमा इतिहासकै सबैभन्दा महँगो फिल्म मानिन्छ, जसको बजेट करिब ५०० करोड भारतीय रुपैयाँ रहेको बताइएको छ। फिल्ममा प्रभाससहित अभिनेत्री निधि अग्रवाल र मालविका मोहनन मुख्य भूमिकामा छन्।

फिल्मको प्रदर्शनमा केही चुनौती देखिएको छ। प्रभासका पछिल्ला फिल्महरूले दर्शकमा अपेक्षित प्रभाव नपारेको अनुभव छ। त्यस्तै, फिल्म थालपति विजयको ‘जन नायकन’सँगै भिड्ने भएकाले शो कटौती र बक्स अफिसमा प्रतिस्पर्धा कठिन हुन सक्ने अनुमान गरिएको छ।

विश्लेषकहरूका अनुसार, ‘राजा साब’ रिलिजको दिनदेखि नै दर्शकको उत्सुकता र प्रतिद्वन्द्वी फिल्मको प्रभावबीच सन्तुलन कायम राख्नुपर्ने चुनौती सामना गर्नेछ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ४ : १७ बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्