नवलपुरमा घटे महिला मतदाता « Khabarhub

नवलपुरमा घटे महिला मतदाता


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला मतदाताको सङ्ख्या घटेको छ । अघिल्लो निर्वाचनको भन्दा पनि यस निर्वाचनमा दुई हजार जनाले महिला मतदाताको सङ्ख्या घटेको हो ।

नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार २०७९ को निर्वाचनमा नवलपुरमा एक लाख ३६ हजार १२१ जना महिला मतदाता रहेका थिए । 

अहिले यो सङ्ख्या घटेर एक लाख ३४ हजार १७० कायम रहेको भुसालले बताए । जिल्लामा महिला मतदाताको सङ्ख्या घटेको भए पनि समग्र मतदाताको सङ्ख्या भने करिब आठ हजारले बढेको भुसालको भनाइ छ ।

महिला मतदाताको सङ्ख्या घटेकोबारे कार्यालयले सुक्ष्म रूपमा खोजी नगरे पनि विवाह भएर जिल्ला बाहिर जाने तथा विभिन्न कारणबाट मतदाता नामावलीबाट नाम हटाइएको कारण हुनसक्ने उनले बताए। 

पुरुषहरूको सङ्ख्या बढ्नुको कारण भने विदेशमा भएका तथा यसअघि छुटेका मतदाताले नाम दर्ता गराएको उनको भनाइ छ । नेपालकै कान्छो जिल्लाका रूपमा रहेको गण्डकी प्रदेशको यस जिल्लामा पुरुष र महिला मतदाता बराबर देखिएका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार जिल्लामा महिला पुरुष मतदाता लगभग बराबरी अवस्थामा रहेका भुसालले बताए। नवलपुरमा एक लाख ३४ हजार १७० महिला तथा एक लाख ३४ हजार ३५२ पुरुष मतदाता रहेका उनको भनाइ छ । 

शर्माकाअनुसार जिल्लामा जम्मा दुई लाख ६८ हजार ५२६ मतदाता रहेका छन् जसमा चार जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाता छन् ।

फागुन २१ मा हुने निर्वाचनमा जिल्लाको ११४ मतदानस्थलको ३११ मतदान केन्द्रबाट मतदान हुने भुसालले जानकारी दिए । अघिल्लो निर्वाचन २०७९ मा जिल्लामा एक लाख ३६ हजार १२१ महिला तथा एक लाख २४ हजार ३३६ पुरुष मतदाता एवं चार जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक गरी जम्मा दुई लाख ६० हजार ४६१ मतदाता रहेका भुसालले बताए। उनका अनुसार जिल्लामा आठ हजार ६५ नयाँ मतदाता थपिएका छन् ।

जिल्लामा प्रतिनिधिसभा सदस्यको दुईवटा निर्वाचन क्षेत्र छ । निर्वाचन क्षेत्र नं १ मा महिला मतदाता धेरै देखिएका छन् । यहाँ ७१ हजार ९८ महिला, ६५ हजार ९८२ पुरुष तथा एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाता गरी कुल एक लाख तीन हजार ८१ मतदाता रहेका भुसालले जानकारी दिए। यस क्षेत्रमा ५८ मतदानस्थलको १५७ मतदान केन्द्रबाट मतदान हुने भुसालको भनाइ छ ।

त्यस्तै, निर्वाचन क्षेत्र नं २ मा महिला मतदाताको तुलनामा पुरुष मतदाता धेरै छन् । यहाँ ६३ हजार ७२ महिला, ६८ हजार ३७० पुरुष एवं तीन जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक गरी जम्मा एक लाख ३१ हजार ४४५ मतदाता छन् । यस क्षेत्रको ५६ वटा मतदानस्थलका १५४ मतदान केन्द्रबाट मतदान हुने भुसालले बताए।
 
अघिल्लो निर्वाचनको तुलनामा आगामी निर्वाचनका लागि जिल्लामा नौवटा मतदान केन्द्र थप भएका भुसालले बताए। उनका अनुसार निर्वाचन क्षेत्र नं १ मा चारवटा मतदान केन्द्र थप गरिएको छ ।

गैँडाकोट–४ को सानो जनक आधारभूत विद्यालय झपर्दी, गैँडाकोट–१८ को बालज्योति आधारभूत विद्यालय दमार, देवचुली–४ को शान्ति सृजना आधारभूत विद्यालय झाक्रे र बुलिङटार–३ को त्रिभुवन माध्यमिक विद्यालय बाझगरा मतदान केन्द्र थप गरिएको भुसालले बताए।

त्यस्तै, निर्वाचन क्षेत्र नं २ मा पाँचवटा मतदान केन्द्र थप भएका छन् । भुसालका अनुसार यस क्षेत्रमा मध्यविन्दु–१ को नवज्योति आधारभूत विद्यालय पतवारी, मध्यविन्दु–४ को जनसिद्ध माध्यमिक विद्यालय लसलहरी, मध्यविन्दु–७ को नवजागरण मावि चोरमारा, विनयी त्रिवेणी–२ को जनजागृति आधारभूत विद्यालय ज्यामिरे र विनयी त्रिवेणी–४ को दीपेन्द्र माध्यमिक विद्यालय सर्दीमा मतदान केन्द्र थप गरिएको छ ।

आठवटा स्थानीय तह रहेको जिल्लामा गैँडाकोट र देवचुली नगरपालिका तथा बुलिङटार गाउँपालिकाको पूरै वडा एवं कावासोती नगरपालिकाको वडा नं १, २, ५ देखि १३ सम्म निर्वाचन क्षेत्र नं १ मा पर्दछ । निर्वाचन क्षेत्र नं २ मा मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकाको पूरै वडा तथा कावासोती नगरपालिकाको वडा नं ३, ४, १४ देखि १७ सम्मका वडा पर्दछन् । 

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ७ : ३८ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री