श्रमदान गरेर चौतारी पुनर्निर्माण गरिँदै « Khabarhub

श्रमदान गरेर चौतारी पुनर्निर्माण गरिँदै


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पर्वत– पछिल्लो समय सडक विस्तार, बाँदर आतंक, धार्मिक आस्थामा कमीलगायतका कारणले ऐतिहासिक चौतारी र वर, पीपलका रुख मासिँदै जान थालेका छन् । पर्वतका केही युवाले ऐतिहासिक तथा धार्मिक महत्व बोकेका चौतारी पुनर्निर्माणमा सक्रियता देखाएका छन् । 

सदरमुकाम कुश्माको सबैभन्दा पुरानो क्लब पर्वत मिलन क्लबमा आबद्ध युवाले सदरमुकाम आसपासमा रहेका पोखरीहरु पुनर्निर्माण गर्न थालेका हुन् ।

 विसं २०४६ मा औपचारिक रूपमा संस्था दर्ता भएको क्लबले विशेषतः युवा जनशक्तिलाई खेलकुद, सांस्कृतिक तथा समाज सेवामा जुटाउँदै युवायुवतीमा सकारात्मक भावना पैदा गराउँदै उनीहरूमा ‘समाज र देशमा लागि केही गर्नुपर्छ’ भन्ने भावनाको डोरीमा बाँध्न सफल भएको छ । 

संस्थाले सामाजिक कार्यअन्तर्गत बाटो, पुल, कुलो, धारा, निर्माण आफूहरूले प्राप्त गर्ने सहयोग तथा आफैँ पनि उठाइ निर्माण गर्दै आएको छ । विगतका वर्षमा पनि सांस्कृतिक कार्यक्रम तथा देउसीभैलो खेलेर संकलन भएको रकम विद्यालयको शैक्षिक सुधारका लागि दिँदै आएको संस्थाका संस्थापक सल्लाकार विष्णुप्रसाद नेवारले बताए। 

क्लबले कुश्मा नगरपालिका–६ स्थित शिवालय माध्यमिक विद्यालयको परिसरमा रहेको चौतारीलाई विद्यालयको अनुमतिमा खुला गरी स्थानीय वडाको उपस्थितिमा आम भेलामार्फत पुनर्निर्माणको काम गरिरहेको छ ।

 कुश्मा नगरपालिका–६ का वडाध्यक्ष एवं कुश्मा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वर गिरीले क्लबले चौतारीको पुनर्निर्माण कार्य गरेकामा धन्यवाद दिँदै आफूहरू पनि सहकार्य गर्न तयार रहेको बताए। 

‘शिवालय भण्डारी मिलन चौतारी’ नामकरण गरिएको यो चौतारी धेरै वर्ष पहिला कुश्मामा स्थायी रूपमा बसोबास गर्ने भण्डारीहरूको पुर्खाद्वारा निर्माण गरिएको काश्यप गोत्रिय भण्डारी समिति एवं शिवालय बगैँचा शैक्षिक समाज (भूपू विद्यार्थी शिवालय मावि) का अध्यक्ष दीपेन्द्रबहादुर भण्डारीले बताए। 

विगतमा विद्यालय परिसरभित्र रहेकाले सबैको सहज पहुँचमा थिएन । हाल विद्यालय र स्थानीयको समन्वयमा चौतारी खुला गराइ पुनर्निर्माण भइरहेकामा क्लब र विद्यालयलाई उनले धन्यवाद दिए ।

विगतमा पुर्खाले बटुवाका लागि धारा, पाटी, पौवा र चौतारी निर्माण गरेको पाइन्छ । आज पनि धार्मिक तथा सामाजिक दृष्टिकोणबाट निर्माण तथा पुनर्निर्माणका काम हुने गरेका छन् । 

‘हामीले धार्मिक तथा सामाजिक रूपमा सबैको सहमतिमा आफैँ लगानी जुटाउने गरी यो कार्यको शुभारम्भ गरेका छौँ’, निर्माण

समितिका संयोजक बुद्धिबहादुर गुरुङले भने। आर्थिक समिति संयोजक साजन कुमार श्रेष्ठले सबैले स्वतस्फूर्त रूपमा आर्थिक सहयोग दिएको बताए।

श्रमदानलाई उच्च प्राथमिकतामा राखी कार्य प्रारम्भ गरिएको चौतारी पुनर्निर्माणको कार्यले ज्येष्ठ नागरिक, बटुवा तथा शीतलता खोज्ने हरेकको बसाइको केन्द्र बन्ने भएको छ । 

चौतारी निर्माणको जिम्मेवारी लिएको पर्वत मिलन क्लबका अध्यक्ष झलकबहादुर कार्कीका अनुसार टोलवासीको विशेष आग्रहमा पुनर्निर्माण कार्य चलिरहेको छ । 

अध्यक्ष कार्कीले सबैको साथ सहयोग मिल्ने विश्वासका साथ समुदायबाट आएको आग्रहलाई स्रोतको अभाव हुँदाहुँदै पनि सबैको सहयोग प्राप्त गर्न सकिन्छ विश्वासमा काम गरिएको बताए। 
 

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ८ : ५० बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई