एनआरएनए अमेरिकाको स्पष्टिकरण- मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन « Khabarhub

एनआरएनए अमेरिकाको स्पष्टिकरण- मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका) ले मन्त्री बब्लु गुप्तालाई आफ्नो कुनै पनि आधिकारिक कार्यक्रममा नबोलाइएको स्पष्ट पारेको छ।

एनआरएनए अमेरिकाले जारी गरेको प्रेस विज्ञप्तिमा संघको नाम जोडेर मन्त्री गुप्ताको सहभागिता रहेको भन्दै सार्वजनिक गरिएका सूचनाहरू भ्रामक रहेको जनाएको छ।

संघका अनुसार एनआरएनए अमेरिका अन्तर्गत आयोजना हुने कार्यक्रम, भेटघाट वा औपचारिक गतिविधिमा मन्त्री गुप्तालाई कुनै पनि किसिमको औपचारिक निमन्त्रणा दिइएको छैन।

संघले आफ्नो नाम, लोगो तथा संस्थागत पहिचान प्रयोग गरी अनधिकृत रूपमा कार्यक्रम वा गतिविधि सञ्चालन गरिएकोप्रति आपत्ति जनाएको छ। साथै यस्ता कार्यहरू संघको विधान र अमेरिकी कानुनविपरीत भएको उल्लेख गर्दै त्यसप्रति संघको कुनै संलग्नता नरहेको स्पष्ट गरिएको छ।

एनआरएनए अमेरिकाले आधिकारिक निर्णय र कार्यक्रमहरू केवल संस्थाको वैधानिक संरचनामार्फत मात्र हुने जनाएको छ। साथै, संघको नाम जोडेर हुने कुनै पनि अनधिकृत गतिविधिप्रति सतर्क रहन नेपाली समुदाय, सदस्य तथा सरोकारवालालाई आग्रह गरिएको छ।

संघले यस्ता भ्रम सिर्जना गर्ने गतिविधि दोहोरिए कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ९ : २६ बजे

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।

ट्यूसन पढ्न गएकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा