मैरिनेरा जहाज पक्राउ गैरकानुनी भएको रुसको दाबी « Khabarhub

मैरिनेरा जहाज पक्राउ गैरकानुनी भएको रुसको दाबी


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूसले  ‘मैरिनेरा’ नामक जहाज पक्राउ गरिएको घटनालाई अन्तर्राष्ट्रिय समुद्री कानुनविपरीत भएको दाबी गरेको छ। रुसी विदेश मन्त्रालयले यसबारेआधिकारिक वक्तव्य जारी गर्दै अमेरिकाको कदमको विरोध गरेको हो।

विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेको छ, ‘समुद्रमा कानुनअनुसार सञ्चालनमा रहेका मैरिनेरा र अन्य जहाजविरुद्ध अमेरिकाले गरिरहेको गैरकानुनी कारबाही तत्काल रोक्न हामी अपील गर्छौं।’ 

साथै, जहाजमा सवार रुसी नागरिकहरूसँग उचित व्यवहार सुनिश्चित गर्न अमेरिकासँग पुनः माग गरिएको छ।

यसअघि अमेरिकाले भेनेजुएलासँग सम्बन्धित दुईवटा तेल ट्यांकर कब्जामा लिएको दाबी गरेको थियो। तीमध्ये एक ट्यांकर उत्तरी अटलान्टिक महासागरमा आइसल्यान्ड र बेलायतको बीचको क्षेत्रमा नियन्त्रणमा लिइएको बताइएको छ।

रुसी झण्डा फहराइरहेको ‘मैरिनेरा’ नामक उक्त जहाजमा तेल नरहेको अमेरिकी पक्षको भनाइ छ। अमेरिकी तटरक्षक बलले सो जहाजलाई केही हप्तादेखि पछ्याइरहेको र अन्ततः नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १० : ४३ बजे

बलात्कारपछि हत्या प्रकरण : ट्यूसन पढ्न हिँडेकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को