एकताबद्ध भएर निर्वाचनमा जान कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको अपिल « Khabarhub

एकताबद्ध भएर निर्वाचनमा जान कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको अपिल


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले नेतृत्व तहलाई विशेष महाधिवेशनमार्फत एकताबद्ध भएर निर्वाचनमा जान अपिल गरेका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै यस्तो अपिल गरेका हुन् ।

जारी अपिलमा कांग्रेसलाई जनतामाझ अझै विश्वसनीय र भरोसायोग्य पार्टीका रूपमा प्रस्तुत गर्न परिवर्तन र रूपान्तरणका एजेन्डा बोकेर नयाँ सोच र दृष्टिकोणसहित निर्वाचनमा होमिनुपर्ने आवश्यकता औंल्याइएको छ। 

सोही सन्दर्भमा विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले लिखित निवेदनसमेत दर्ता गरिसकेको जनाइएको छ।

अपिलमा माग गर्ने प्रतिनिधिहरूको मत र भावनाको सम्मान गर्दै संवाद र सहमतिमार्फत व्यापक एकता कायम गर्न नेतृत्वलाई आग्रह गरिएको छ। साथै, नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा जाने वातावरण निर्माण गरी कांग्रेसको पक्षमा परिणाममुखी अवस्था सिर्जना गर्नुपर्ने उल्लेख गरिएको छ।

नेतृत्व तहले समयमै पहल लिई पार्टीभित्र एकता सुदृढ गरे मात्र आगामी निर्वाचनमा कांग्रेस बलियो रूपमा प्रस्तुत हुन सक्ने प्रतिनिधिहरूको निष्कर्ष छ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ११ : ०९ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र