देशभरीबाटै हिँड्न थाले कांग्रेस महाधिवेशन प्रतिनिधि, ७ भाइको काउन्टरले कति असर गर्ला  « Khabarhub

देशभरीबाटै हिँड्न थाले कांग्रेस महाधिवेशन प्रतिनिधि, ७ भाइको काउन्टरले कति असर गर्ला 


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले पुस २७ र २८ का लागि बोलाएको विशेष महाधिवेशनमा देशैभरीका महाधिवेशन प्रतिनिधि काठमाडौंका लागि हिँड्न थालेका छन् । 

पूर्व कोशीदेखि सुदूरपश्चिमका महाधिवेशन प्रतिनिधिहरूले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै विशेष महाधिवेशनको लागि काठमाडौं जाऔँ अभियान सञ्चालन गरिरहेको देखिएको छ ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन फिर्ता लिन आग्रह गरेको थियो । तर, बैठकमा सहभागी भएका महामन्त्री गगन थापाले भने सो प्रस्तावलाई अस्वीकार गर्दै विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई आह्वान गरेका थिए ।

सो कार्यसम्पादन समितिको बैठकले भने विशेष महाधिवेशन रोक्नका लागि अपिल गर्ने निर्णय गरेको थियो । साथै, कांग्रेसको भातृ संगठन तरुण दलको विशेष महाधिवेशनको विपक्षी पक्षले पुस २७ गते नै विशेष महाधिवेशनलाई काउन्टर गर्ने गरी युवा भेला गर्ने निर्णय गरेको छ ।

तर, विशेष महाधिवेशनको पक्षमा रहेको नेतृत्व समूहले भने महाधिवेशनमा आउने प्रतिनिधिहरूलाई स्वागत गर्ने गरी काठमाडौंमा झण्डा ब्यानर टाँग्ने र महाधिवेशनस्थल भृकुटीमण्डप सजाउने काम अगाडि बढाइसकेको देखिएको छ ।

सके हस्ताक्षर फिर्ता, नसके नक्कली हस्ताक्षरको प्रचारमा महाधिवेशनको विपक्षी सक्रिय

विशेष महाधिवेशन असफल बनाउन कार्यसम्पादन समितिको बैठकबाट नै निर्णय गरेर कांग्रेसको एउटा पक्ष विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकालाई हस्ताक्षर फिर्ता गराउन, नक्कली हस्ताक्षरको प्रचार गर्ने र महाधिवेशनमा सहभागी हुनबाट रोक्नका लागि लागेको देखिएको छ । 

साथै, सो पक्षले हस्ताक्षर फिर्ता गराएर वा नक्कली हस्ताक्षर तयार गरेर सामाजिक सञ्जालमा प्रचार गर्ने कामलाई पनि अघि बढाएको छ । त्यस्तै, महाधिवेशनको विपक्षीले हस्ताक्षर फिर्ताको लागि दबाबको वातावरण पनि सिर्जना गर्न खोजेको स्पष्ट देखिएको छ ।

सर्लाही जिल्लाका आधा दर्जन बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनमा गरेको हस्ताक्षर फिर्ता गरेको भनेर सामाजिक सञ्जालमा एउटै ढाँचाको पत्र सार्वजनिक गरिएको छ । जसमध्ये पत्रमा नाम रहेका लालबाबु रायलाई हस्ताक्षर फिर्ताको विषयमा प्रश्न गर्दा आफूले नगरेको बताए ।

त्यस्तै, चितवनकी ज्योती ढकालले पनि आफूले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर फिर्ता नलिएको भन्दै सामाजिक सञ्जालमा प्रचार गरिएको पत्र सार्वजनिक गरेकी छन् ।

निर्णायक कसरतमा दुवै पक्ष

तोकिएको समयअनुसार विशेष महाधिवेशन हुन अब १ दिन मात्रै बाँकी छ । अहिलेसम्म दुवै पक्ष आफ्नो अडानबाट टसमस भएको देखिँदैन । बरु विशेष महाधिवेशनको आयोजक पक्ष कसरी सफल बनाउने र विपक्षी कसरी असफल बनाउनेमा योजनाबद्ध रूपमा लागेको देखिएको छ ।

साथै, महाधिवेशन प्रतिनिधि र पार्टीका नेता तथा कार्यकर्ता पनि आ–आफ्नो पक्षबाट सामाजिक सञ्जाललाई प्रचारको माध्यम नै बनाएर पक्ष विपक्षमा आफ्नो धारणा राख्न थालेका छन् ।

लामो समयदेखि राज्यसत्ता र पार्टी सत्तामा रहेका कार्यवाहक सभापति सहित कांग्रेस केन्द्रका ७ भाइको पहिचान बनाएको नेतृत्व समूहले विशेष महाधिवेशन रोक्ने विषयलाई आफ्नो अस्तित्वसँग जोडेको देखिएको छ । 

महाधिवेशनको पक्षधरले विधान अनुसार गरेको मागलाई अस्वीकार गर्नेदेखि फरक निर्णयसम्म गरेर सो नेतृत्व समूहले कुनै हालतमा विशेष महाधिवेशन गर्न नदिने अडान देखाएको छ ।

तर, पार्टीमा लोकप्रिय छवि बनाएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग पक्षले विधानअनुसार नै माग गरेको र पार्टी विधि र पद्दतीअनुसार सञ्चालन हुनुपर्ने भन्दै अघि बढेका छन् ।

नेपाली कांग्रेसले आज शुक्रबार र भोलि शनिबार भित्रमा नयाँ समझदारी गर्न नसकेमा दुई दिनपछिको नेपाली कांग्रेसको स्वरूप नै बद्लिने निश्चित छ । 

यदि विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी भए भने वैधानिक रूपमा नै नेपाली कांग्रेसमा नेतृत्व पुस्तान्तरण हुने देखिन्छ भने अल्पमतको सहभागिता हुन गएमा गगन थापा लगायत नयाँ पुस्ताको प्रयास एकपटकलाई असफल हुने सम्भावना देखिन्छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १ : ०९ बजे

धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते

काठमाडौं – पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा

निर्वाचन १० दिन बाँकीः निर्वाचन प्रचारमा नजान जनप्रतिनिधिलाई आग्रह

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

धादिङ दुर्घटना अपडेट : चार महिला र १३ पुरुषको शव भेटियो

काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा

पोखराबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : १७ जनाको मृत्यु, मध्यरातमा यसरी भयो उद्धार

काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा