कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुन्छ : गुरु बराल « Khabarhub

कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुन्छ : गुरु बराल


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले पार्टी विभाजनको खतरा बढ्दै गएको भन्दै एकता हुनु अहिलेको मुख्य चुनौती भएको बताएका छन् ।

इतिहासकै मोडलमा पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले पार्टी विभाजन र कमजोर पार्न केही शक्तिहरू सक्रिय रहेको बताए । यही अवस्थालाई ध्यानमा राखेर पार्टीलाई फुटबाट जोगाउने र एकताबद्ध बनाउने विषयमा छलफल गरिएको उनको भनाइ छ ।

‘कांग्रेस कमजोर भयो भने लोकतन्त्र नै कमजोर हुन्छ,’ बरालले भने, ‘भूराजनीति र राष्ट्रिय राजनीतिका कारण पनि कांग्रेस विभाजन हुनु देशका लागि घातक हुन्छ। त्यसैले देशभरका साथीहरूलाई पार्टी एकताका लागि आह्वान गर्ने निर्णय गरेका छौँ ।’

विशेष महाधिवेशनको नाममा पार्टी विभाजनतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै उनले त्यस्ता गतिविधिमा संलग्न सबैलाई पनि कांग्रेसलाई एकढिक्का बनाउन अपिल गरिएको बताए ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १ : २८ बजे

बलात्कारपछि हत्या प्रकरण : ट्यूसन पढ्न हिँडेकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को