वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण « Khabarhub

वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गरेका छन् ।

सो अवसरमा उनले कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतिका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैङ्कलाई अनुरोध गर्ने निर्णयमा हस्ताक्षर गरे ।

साथै उनले जुम्ला र कालीकोटको सिमाना नाग्मस्थित हिमा नदीमा पक्की पुल बनिसकेको अवस्थामा उक्त स्थानमा रहेको बेलिब्रिजलाई जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–५ स्थित तिला नदीमा तातोपानी गाउँपालिका–४ हाँकु जोड्न स्थानान्तरण गर्ने निर्णय गरे।

मन्त्री चौलागाईंले  निर्माण व्यवसायी नियमावली, २०५६ को अनुसूची १३ मा रहेको ‘घ’ वर्गको निर्माण व्यवसायीको योग्यतासम्बन्धी मापदण्ड परिमार्जन गर्न आवश्यक सुझावका लागि मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णयमा पनि हस्ताक्षर गरे । 

तत्कालीन भौतिकमन्त्री कुलमान घिसिङले बुधबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीले सो मन्त्रालयको जिम्मेवारी वनमन्त्री चौलागाईंलाई तोकेका थिए । 

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  २ : ०५ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री