अक्षय कुमार–प्रियदर्शनको ‘भूत बंगला’ को नयाँ प्रदर्शन मिति सार्वजनिक « Khabarhub

अक्षय कुमार–प्रियदर्शनको ‘भूत बंगला’ को नयाँ प्रदर्शन मिति सार्वजनिक


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका चर्चित निर्देशक प्रियदर्शन र सुपरस्टार अक्षय कुमारबीच १४ वर्षपछि फिल्म ‘भूत बंगला’ मा पुनर्मिलन हुँदैछ । फिल्मलाई यस वर्षको सबैभन्दा प्रतीक्षित हरर–कमेडी चलचित्रमध्ये एक मानिएको छ ।

भारतीय मिडियाका अनुसार निर्माताहरूले सुरुमा यो फिल्म २ अप्रिलमा प्रदर्शन हुने तय गरेका थिए, तर पछि नयाँ मिति १५ मे २०२६ मा रिलिज हुने घोषणा गरेका छन् । निर्माताहरूले सामाजिक सञ्जालमा फिल्मको पोस्टर शेयर गर्दै फ्यानहरूलाई सिनेमा हलमा स्वागत गर्ने आमन्त्रण पनि दिएका छन् ।

फिल्म ‘भूत बंगला’ मा अभिनेता अक्षय कुमार, तबु, परेश रावल, राजपाल यादव, जस्सु सेनगुप्ता, अस्रानी र वामिका गब्बी जस्ता चर्चित कलाकारहरू मुख्य भूमिकामा छन् । राजस्थान, जयपुर र हैदराबादमा फिल्मका केही दृश्य खिचिएकोले कथा दृश्यात्मक रूपमा आकर्षक र रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

‘भूत बंगला’ प्रियदर्शनको निर्देशनमा, शोभा कपूर, एकता आर कपूर र अक्षय कुमारको केप अफ गुड फिल्म्सद्वारा निर्माण गरिएको छ । फिल्ममा कथा लेखन आकाश ए कौशिक, पटकथा रोहन शंकर, अभिलाष नायर र प्रियदर्शन तथा संवाद भने रोहन शंकरले तयार पारेका हुन् ।

१४ वर्षपछि फ्यानहरूले प्रतिक्षा गरेको प्रियदर्शन–अक्षयको जादू फिर्ता ल्याउने यस हरर-कमेडी फिल्मले सिनेमा हलमा दर्शकलाई भरपूर मनोरञ्जन दिने निश्चित छ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ३ : १४ बजे

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग