आगामी निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्छन् : मन्त्री खरेल « Khabarhub

आगामी निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्छन् : मन्त्री खरेल


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्ने बताएका छन् ।  

शुक्रबार काठमाडौंमा सूचना प्रविधि विभागसँग छलफल गर्दै मन्त्री खरेलले जेन-जी आन्दोलनपछि युवाहरूलाई पनि राज्यको मूलधारमा ल्याउनका लागि आवश्यक व्यवस्था भएको भन्दै निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्ने बताएका हुन् । 

निर्वाचनपछिको नयाँ संसद्मा युवाहरूको वर्चस्व हुने उनको भनाइ छ । उनले अन्य देशको तुलनामा नेपालको सूचना प्रविधि क्षेत्र निकै पछाडि परेकाले यसलाई समयानुकूल बनाउन ढिलाइ गर्न नहुने बताए । अव युवाहरूले नै सूचना प्रविधिका माध्यमबाट नेपाल बनाउने आधार तयार भएको उनले बताए । 

मन्त्री खरेलले सूचना प्रविधि विभागलाई आवश्यक स्रोत साधन व्यवस्थापनका लागि मन्त्रालयले गम्भीर भएर काम गरिरहेको उल्लेख गरे । आफ्नो कार्यकाल सकिएपछि पनि सचेत नागरिकको सदैव देशका लागि काम गर्ने मन्त्री खरेलले बताए । 

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ३ : १६ बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक