चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखेका सातवटा क्यामरामा क्षति « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखेका सातवटा क्यामरामा क्षति


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

चितवन–  चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सात वटा क्यामेरामा क्षति पुगेको छ ।  पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणनाका क्रममा राखिएका पाँच क्यामेरा हराएका छन्भने दुई क्यामेरा हात्तीले फुटाएको हो ।
 
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार बाघ गणनामा राखिएका क्यामेरामध्ये तीन थुम्सी क्षेत्रमा र दुईवटा तमासपुर क्षेत्रमा राखिएका क्यामेरा हराएका हुन् । टाइगर टप्स क्षेत्रमा रहेका दुई क्यामेर हात्तीले फुटाएको उनले बताए। करिब २८६ ग्रिडमा क्यामेरा राखेर बाघ गणना गरिएको थियो ।

मगरका अनुसार पहिलो भागको गणनाको काम सकेर क्यामेरा उठाउने क्रममा तीन स्थानमा राखिएका क्यामेरा हराएको र हात्तीले क्षति पुर्‍याएको हो ।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना सुरु गरिएको छ । उनका अनुसार त्रिवेणी, अमलटारी, कसरा हुँदै बरणडाभार क्षेत्रलाई पहिलो भाग बनाएर गणना गरिएको थियो ।

अहिले दोस्रो भागमा बाघ गणनाको कार्य सुरु गरिएको छ । दोस्रो भागमा १३ वटा क्याम्प बनाएर गणकहरु खटिएका छन् । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर र हर्दासम्म, बोटे सिमारा, स्वमेश्वर, बगई, अम्बुवा हुँदै शिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको छ । 

सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको छ । गणनामा १५० गणक खटिएका छन् । थापाका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ ।  

चितवन–पर्सा ब्लकमा ९५८ ग्रिड बनाएर बाघ गणना गरिँदै छ । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए । रासस

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ३ : २१ बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने