रास्वपामा सम्मानजनक ठाउँ नपाए उज्यालो आफ्नै ढङ्गले अगाडि बढ्छ : डकेन्द्र थेगिम « Khabarhub

रास्वपामा सम्मानजनक ठाउँ नपाए उज्यालो आफ्नै ढङ्गले अगाडि बढ्छ : डकेन्द्र थेगिम


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङ बीच लामो संवाद भएको छ । निर्णायक वान टु वान वार्तामा बसेका दुई नेताहरूबीच पार्टी एकताको विषयमा अहिलेसम्म पनि टुङ्गो नलागेको दाबी गरिन्छ ।

यता, उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्र थेगिम सम्मानजनक एकता नभएको खण्डमा आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता नगर्ने अडानमा पुगेको बताउँछन् ।

उनी पार्टी एकीकरणको विषयमा दुई नेताहरूबीच लामो संवाद हुन नपाएकाले आज मात्र दुई नेताहरू बसेर संवाद गरिरहेको दाबी गर्छन् ।

पार्टी सभापति रवि लामिछानेको व्यस्तताका कारण पनि एकताका विषयमा गहिरेर छलफल हुन नपाएको बताइन्छ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पनि मन्त्री पदबाट राजीनामा दिएपछि मात्र सक्रिय राजनीतिमा सहभागी हुने भएपछि गहिरो छलफल हुन नपाएको नेताहरूको दाबी छ।

‘अहिले नेताहरूबीच गहिरो कुराकानी भइरहेको छ। दुवै जना नेताहरूको व्यस्तताको कारणले एकतामा ढिलासुस्ती भएको हो’ थेगिमले भने, ‘पहिलोपटकको बसाइमा भएको सातबुँदे सहमति अलि अपुरो भयो भन्ने हो। पार्टी एकताको सन्दर्भमा हुनुपर्ने मूल्य मान्यता त्यहाँ पुगेन । पूरक सहमति आजभोलि नै गर्नुपर्ने हो केही ढिलासुस्ती भएको छ।’

पूरक सहमति नभएका कारण पार्टी एकीकरणबारे यकिन धारणा अहिले उज्यालो नेपाल पार्टीले सार्वजनिक गर्न सकेको छैन । उज्यालो नेपाल पार्टी सम्मानजनक एकता नभएको खण्डमा आफआफ्नो ढंगले अगाडि बढ्ने रणनीतिमा रहेको थेगिम बताउँछन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने भनिएको हो सबै प्रक्रिया पूरा नभएकाले अहिलेसम्म एकता नभएको देखिन्छ । उज्यालो नेपाललाई राष्ट्रिय स्वतन्त्र पार्टीमा सम्मानजनक स्थिति भएन भने एकता हुँदैन । एकताका नाममा दुवै पार्टीको अस्तित्व नामेट गर्नु हुँदैन भन्ने कुरा हामीले राखिसकेका छौं ।’ थेगिमले अगाडि भने, ‘हामी उहाँहरूबाट पूरक सहमति कस्तो आउँछ भन्ने प्रतीक्षामा छौँ । वैकल्पिक पार्टी राष्ट्रिय स्वतन्त्र र हामीबीच एकता भएन भने पनि चुनावी सहकार्य मार्फत अगाडि बढ्ने बाटो छँदैछ तर सम्मानजनक एकता नभएको खण्डमा हामी नजाने भन्ने कुरा राखिरहेका छौं ।’

थेगिमका अनुसार पूरक सहमति लगायतका विषयहरूमा आज बिहान नेताहरूबीच छलफल भएको सूचना उनी कहाँ आएको छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ४ : ४३ बजे

बलात्कारपछि हत्या प्रकरण : ट्यूसन पढ्न हिँडेकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को