रास्वपामा सम्मानजनक ठाउँ नपाए उज्यालो आफ्नै ढङ्गले अगाडि बढ्छ : डकेन्द्र थेगिम « Khabarhub

रास्वपामा सम्मानजनक ठाउँ नपाए उज्यालो आफ्नै ढङ्गले अगाडि बढ्छ : डकेन्द्र थेगिम


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङ बीच लामो संवाद भएको छ । निर्णायक वान टु वान वार्तामा बसेका दुई नेताहरूबीच पार्टी एकताको विषयमा अहिलेसम्म पनि टुङ्गो नलागेको दाबी गरिन्छ ।

यता, उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्र थेगिम सम्मानजनक एकता नभएको खण्डमा आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता नगर्ने अडानमा पुगेको बताउँछन् ।

उनी पार्टी एकीकरणको विषयमा दुई नेताहरूबीच लामो संवाद हुन नपाएकाले आज मात्र दुई नेताहरू बसेर संवाद गरिरहेको दाबी गर्छन् ।

पार्टी सभापति रवि लामिछानेको व्यस्तताका कारण पनि एकताका विषयमा गहिरेर छलफल हुन नपाएको बताइन्छ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पनि मन्त्री पदबाट राजीनामा दिएपछि मात्र सक्रिय राजनीतिमा सहभागी हुने भएपछि गहिरो छलफल हुन नपाएको नेताहरूको दाबी छ।

‘अहिले नेताहरूबीच गहिरो कुराकानी भइरहेको छ। दुवै जना नेताहरूको व्यस्तताको कारणले एकतामा ढिलासुस्ती भएको हो’ थेगिमले भने, ‘पहिलोपटकको बसाइमा भएको सातबुँदे सहमति अलि अपुरो भयो भन्ने हो। पार्टी एकताको सन्दर्भमा हुनुपर्ने मूल्य मान्यता त्यहाँ पुगेन । पूरक सहमति आजभोलि नै गर्नुपर्ने हो केही ढिलासुस्ती भएको छ।’

पूरक सहमति नभएका कारण पार्टी एकीकरणबारे यकिन धारणा अहिले उज्यालो नेपाल पार्टीले सार्वजनिक गर्न सकेको छैन । उज्यालो नेपाल पार्टी सम्मानजनक एकता नभएको खण्डमा आफआफ्नो ढंगले अगाडि बढ्ने रणनीतिमा रहेको थेगिम बताउँछन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने भनिएको हो सबै प्रक्रिया पूरा नभएकाले अहिलेसम्म एकता नभएको देखिन्छ । उज्यालो नेपाललाई राष्ट्रिय स्वतन्त्र पार्टीमा सम्मानजनक स्थिति भएन भने एकता हुँदैन । एकताका नाममा दुवै पार्टीको अस्तित्व नामेट गर्नु हुँदैन भन्ने कुरा हामीले राखिसकेका छौं ।’ थेगिमले अगाडि भने, ‘हामी उहाँहरूबाट पूरक सहमति कस्तो आउँछ भन्ने प्रतीक्षामा छौँ । वैकल्पिक पार्टी राष्ट्रिय स्वतन्त्र र हामीबीच एकता भएन भने पनि चुनावी सहकार्य मार्फत अगाडि बढ्ने बाटो छँदैछ तर सम्मानजनक एकता नभएको खण्डमा हामी नजाने भन्ने कुरा राखिरहेका छौं ।’

थेगिमका अनुसार पूरक सहमति लगायतका विषयहरूमा आज बिहान नेताहरूबीच छलफल भएको सूचना उनी कहाँ आएको छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ४ : ४३ बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्