काठमाडौं- पश्चिम नेपालका विभिन्न नौ जिल्लाका कांग्रेस सभापतिहरुले विशेष महाधिवेशनको औचित्य नरहेको बताएका छन् । उनीहरुले विशेष महाधिवेशनमा सहभागी नहुन पनि आह्वान गरेका छन् ।
शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, मुगु, हुम्ला, रुकुमपश्चिम, डोल्पा र सल्यानका कांग्रेस जिल्ला सभापतिले पार्टीको आधिकारिक निर्णयबिना व्यक्ति विशेषले आह्वान गरेको महाधिवेशनमा सहभागी नहुन पार्टीका सबै तहका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् ।
उनीहरुले वर्तमान अवस्थामा घोषित १५ औँ महाधिवेशन र आम निर्वाचनलाई प्रभाव पार्नेगरी हुन लागेको विशेष महधिवेशनले पार्टी एकतालाई क्षति पुर्याउने तथा पार्टी र मुलुकलाई दुर्घटनातिर लैजाने चेतावनी दिएका छन् ।














प्रतिक्रिया