काठमाडौंका ९ जना सभापतिले भने : विशेष महाधिवेशन अवैधानिक « Khabarhub

काठमाडौंका ९ जना सभापतिले भने : विशेष महाधिवेशन अवैधानिक


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको विरोधमा काठमाडौंका ९ जना सभापतिले संयुक्त विज्ञप्ति जारी गरेका छन् । 

शुक्रबार जारी गरिएको विज्ञप्तिमा विभिन्न निर्वाचन क्षेत्र र महानगर समितिका सभापतिहरूले विशेष महाधिवेशन अवैधानिक भएको दाबी गरेका हुन् ।

काठमाडौंका ८ निर्वाचन क्षेत्रका सभापति तथा काठमाडौं महानगर समितिका एक सभापतिले जारी गरेको सो विज्ञप्तिमा पार्टी विधानअनुसार १५ औँ नियमित महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशन आह्वान गर्नु वैधानिक नहुने उल्लेख गरेका छन् ।

‘वर्तमान संवेदनशील राजनीतिक अवस्थामा विशेष महाधिवेशनको आयोजना पार्टी हित विपरीत हुने र यसले कांग्रेसलाई विभाजनतर्फ लैजान सक्नेछ । आगामी फागुन २९ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै सबै पार्टीपंक्तिलाई एकताबद्ध भएर चुनावी तयारीमा लाग्न अनुरोध गर्दछौं,’। विज्ञप्तिमा उल्लेख छ । 

केन्द्रीय कार्यसम्पादन समितिबाट भइसकेको आधिकारिक निर्णयको परिधिभित्र रही अघि बढ्नुपर्नेमा उनीहरूको जोड छ । 

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ५ : १२ बजे

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका