गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा « Khabarhub

गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनमा पानी बाँडेर चर्चामा आएका सुधन गुरुङले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै गुरुङले गोरखा-१ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु ।’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवा त। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’ उनले लेखेका छन् ।

यद्यपि उनले कुन पार्टीबाट चुनाव लड्छन् भन्ने स्पष्ट भइसकेको छैन । यसअघि उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई मिलाउन भूमिका खेलेका थिए । यसैकारण उनले रास्वपाको घण्टी चुनाव चिन्ह लिने अपेक्षा गरिएको छ ।

यद्यपि हालै रास्वपाका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत् उम्मेदवारी घोषणा नगर्न नेताहरुलाई आह्वान गरेका थिए ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ५ : ३१ बजे

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका