कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका « Khabarhub

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौँको भृकुटी मण्डपमा आयोजना हुँदैछ । विशेष महाधिवेशनको उद्घाटनअघि काठमाडौँका विभिन्न छ फरक फरक स्थानबाट जुलुस प्रदर्शनको तयारी गरिएको छ ।

विशेष महाधिवेशनका लागि गठन भएको जनपरिचालन एवम् जुलुस व्यवस्थापन समितिका संयोजक जगदिशनरसिंह केसीका अनुसार जुलुस प्रदर्शनका लागि छ वटा रुट तय गरिएको हो ।

विशेष महाधिवेशनस्थलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेता केसीले दिएको जानकारी अनुसार पुस २७ गते आइतबार मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह शुरू हुनुअघि ती विभिन्न छ स्थानबाट जुलुस प्रदर्शन गरिने छ ।

समितिका सदस्य सचिव सुसन वैद्यका अनुसार काठमाडौँको सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखर र ललितपुरको कुपण्डोलबाट जुलुस भृकुटीमण्डपतर्फ बढ्नेछ । सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने तयारी गरिएको उनले जानकारी दिए ।

यी छ वटा रुटमा फरक फरक जिल्लाका प्रतिनिधि तथा नेता कार्यकर्ताहरु सहभागी हुने संयोजक केसीको भनाइ छ ।

यस्तो छ जुलुस निस्कने रुट

रुट नम्बर १

भेला हुने स्थान : सुन्धारा

चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाहरू, अन्य सबै जिल्ला । काठमाडौं निर्वाचन क्षेत्र ८, ९ र १० अन्तर्गत पर्ने सबै नगर वडा समितिहरु यो रुट हुँदै जुलुसमा सहभागि हुनेछन्। यो जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा प्रवेश गर्नेछ ।

रुट नम्बर २

भेला हुने स्थान : रत्नपार्क

नुवाकोट, रसुवा, धादिङ
रत्नपार्कबाट पुरानो बसपार्क हुँदै जुलस विशेष महाधिवेशनस्थल पुग्ने

रुट नम्बर ३
भेला हुने स्थान : पद्मकन्या क्याम्पस

बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्ता सहित काठमाडौंका ५, ६ र ७ का सबै नगर वडा समितिहरु यो रुट हुँदै जुलुसमा सहभागि हुनेछन्। यो रुटको जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदयमोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।

रुट नम्बर ४
भेला हुने स्थान : शंकरदेव क्याम्पस

भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपालचोक, सिन्धुली तथा काठमाडौंका २ र ३ नम्बर निर्वाचन क्षेत्रअन्तर्गतका सबै नगर वडा समितिहरु यो रुट हुँदै जुलुसमा सहभागि हुनेछन्। यो जुलस शंकरदेव क्याम्पसबाट पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

रुट नम्बर ५
भेला हुने स्थान : कमलपोखरी

काठमाडौंका निर्वाचन क्षेत्र १ र ४ का सबै नगर वडा समितिहरु यो रुट हुँदै जुलुसमा सहभागि हुनेछन्। कमलपोखरी हुँदै चारखाल अड्डा डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डपबाट यो रुटको जुलुस प्रवेश गर्नेछन् ।

रुट नम्बर ६
भेला हुने स्थान : कुपण्डोल

ललितपुर, मकवानपुरका प्रतिनिधि तथत नेता कार्यकर्ता यो रुटमा सहभागि हुन सक्नेछन्। यो रुट कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ९ : ५० बजे

भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज– जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट

स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड अस्पताल भर्ना

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) स्वास्थ्यमा समस्या देखिएपछि

नेपाल चिकित्सकहरूको सम्मेलन सुरु

चितवन– नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स

इन्धन राहतपछि जर्मनीको मूल्यवृद्धि दरमा कमी

एजेन्सी– जर्मनीमा मे महिनामा मुद्रास्फीति दर घटेर २.६ प्रतिशतमा पुगेको

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौं– खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको