कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका « Khabarhub

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौँको भृकुटी मण्डपमा आयोजना हुँदैछ । विशेष महाधिवेशनको उद्घाटनअघि काठमाडौँका विभिन्न छ फरक फरक स्थानबाट जुलुस प्रदर्शनको तयारी गरिएको छ ।

विशेष महाधिवेशनका लागि गठन भएको जनपरिचालन एवम् जुलुस व्यवस्थापन समितिका संयोजक जगदिशनरसिंह केसीका अनुसार जुलुस प्रदर्शनका लागि छ वटा रुट तय गरिएको हो ।

विशेष महाधिवेशनस्थलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेता केसीले दिएको जानकारी अनुसार पुस २७ गते आइतबार मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह शुरू हुनुअघि ती विभिन्न छ स्थानबाट जुलुस प्रदर्शन गरिने छ ।

समितिका सदस्य सचिव सुसन वैद्यका अनुसार काठमाडौँको सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखर र ललितपुरको कुपण्डोलबाट जुलुस भृकुटीमण्डपतर्फ बढ्नेछ । सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने तयारी गरिएको उनले जानकारी दिए ।

यी छ वटा रुटमा फरक फरक जिल्लाका प्रतिनिधि तथा नेता कार्यकर्ताहरु सहभागी हुने संयोजक केसीको भनाइ छ ।

यस्तो छ जुलुस निस्कने रुट

रुट नम्बर १

भेला हुने स्थान : सुन्धारा

चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाहरू, अन्य सबै जिल्ला । काठमाडौं निर्वाचन क्षेत्र ८, ९ र १० अन्तर्गत पर्ने सबै नगर वडा समितिहरु यो रुट हुँदै जुलुसमा सहभागि हुनेछन्। यो जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा प्रवेश गर्नेछ ।

रुट नम्बर २

भेला हुने स्थान : रत्नपार्क

नुवाकोट, रसुवा, धादिङ
रत्नपार्कबाट पुरानो बसपार्क हुँदै जुलस विशेष महाधिवेशनस्थल पुग्ने

रुट नम्बर ३
भेला हुने स्थान : पद्मकन्या क्याम्पस

बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्ता सहित काठमाडौंका ५, ६ र ७ का सबै नगर वडा समितिहरु यो रुट हुँदै जुलुसमा सहभागि हुनेछन्। यो रुटको जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदयमोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।

रुट नम्बर ४
भेला हुने स्थान : शंकरदेव क्याम्पस

भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपालचोक, सिन्धुली तथा काठमाडौंका २ र ३ नम्बर निर्वाचन क्षेत्रअन्तर्गतका सबै नगर वडा समितिहरु यो रुट हुँदै जुलुसमा सहभागि हुनेछन्। यो जुलस शंकरदेव क्याम्पसबाट पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

रुट नम्बर ५
भेला हुने स्थान : कमलपोखरी

काठमाडौंका निर्वाचन क्षेत्र १ र ४ का सबै नगर वडा समितिहरु यो रुट हुँदै जुलुसमा सहभागि हुनेछन्। कमलपोखरी हुँदै चारखाल अड्डा डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डपबाट यो रुटको जुलुस प्रवेश गर्नेछन् ।

रुट नम्बर ६
भेला हुने स्थान : कुपण्डोल

ललितपुर, मकवानपुरका प्रतिनिधि तथत नेता कार्यकर्ता यो रुटमा सहभागि हुन सक्नेछन्। यो रुट कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ९ : ५० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले