मोदीले सोमालिल्याण्डका राष्ट्रपति अब्दुल्लाहीसँग वार्ता गरेको सूचना गलत : भारतीय विदेश मन्त्रालय « Khabarhub

मोदीले सोमालिल्याण्डका राष्ट्रपति अब्दुल्लाहीसँग वार्ता गरेको सूचना गलत : भारतीय विदेश मन्त्रालय


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले सोमालियाको विवादित क्षेत्र सोमालिल्याण्डलाई औपचारिक मान्यता दिनेबारे त्यहाँका शीर्ष नेतासँग वार्ता गरेको भन्ने सूचना झूठो भएको प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयको तथ्य चेकजाँच गर्ने निकायले सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमालिल्याण्डका राष्ट्रपति अब्दिरहमान मोहमद अब्दुल्लाहीसँग वार्ता गरेको भनी सूचना फैलिरहेको भन्दै विश्वास नगर्न आग्रह गरेको हो ।

मोदीले अब्दुल्लाहीसँग वार्ता गरेको भन्दै मिडिल ईस्ट २४ नामक अकाउन्टले सूचना सार्वजनिक गरेपछि विदेश मन्त्रालयले प्रष्टोक्ति दिएको हो । उक्त पोस्टमा संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकले सोमालिल्याण्डलाई मान्यता दिने तयारी गरिरहेको उल्लेख छ ।

विदेश मन्त्रालयले भारतस्थित राजदूतावासबाट सोमालियाले आफ्ना राजदूत फिर्ता बोलाएको भन्ने सूचना पनि मिथ्या रहेको जनाएको छ । सन् १९९१ मा सोमाली गृहयुद्धपछि सोमालिल्याण्डले स्वतन्त्रता घोषणा गर्दै पृथक सरकार सञ्चालन गर्दै आएको छ ।

हालै इजरायलले उक्त क्षेत्रलाई मान्यता दिएको समाचार सार्वजनिक भइरहेको छ । यसै सन्दर्भलाई जोडेर भारतले पनि उक्त क्षेत्रलाई मान्यता दिने भनी गलत सूचना प्रवाह भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ४ : ४८ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने