पाकिस्तानआबद्ध साइबर समूहको पहुँच भारतका सरकारी निकाय, विश्वविद्यालयसम्म « Khabarhub

पाकिस्तानआबद्ध साइबर समूहको पहुँच भारतका सरकारी निकाय, विश्वविद्यालयसम्म


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानआबद्ध साइबर समूहले भारतका सरकारी निकाय, विश्वविद्यालय एवम् रणनीतिक संस्थानहरुलाई लक्षित गरी साइबर आक्रमणलाई तीव्र पारेका छन् । ट्रान्सपरेन्ट ट्राइब पनि भनेर चिनिने एपीटी३६ नामक समूहले साइबर आक्रमण अभियान सञ्चालन गरेको जनाइएको छ ।

साइफर्मा नामक साइबर सुरक्षा कम्पनीमा आबद्ध शोधकर्ताका अनुसार पछिल्लो अभियानमा उक्त समूहले शुरुमा इमेलमाफर्त फिसिङ सामग्री पठाउने र सोही डिजिटल सामग्रीमार्फत साइबर आक्रमण सञ्चालन गर्दै आएको छ । उक्त सामग्रीले पीडित व्यक्ति वा संस्थाको साइबर सञ्जालमा पहुँच पु¥याएर उक्त सञ्जालमा राखिएको एन्टिभाइरसका आधारमा जासुसी गर्न मद्दत गर्छ ।

उक्त मालवेयर सामग्रीले टाढाबाट स्क्रिनशट लिन, क्लिपबोर्डको निगरानी गर्न र टाढाबाट डेस्कटपमा पहुँच पु¥याउन सक्ने साइफर्माले जनाएको छ । उक्त साइबर अपराधी समूहको उद्देश्य छोटो समयमा आर्थिक लाभ लिनेभन्दा लामो समयसम्म जासुसी गर्नु रहेको जनाइएको छ ।

यो साइबर अपराधी समूह अन्य प्रतिस्पर्धीभन्दा उन्नत र प्राविधिक पक्षमा पनि बलियो रहेको दाबी गरिएको छ । यो समूह सन् २०१३ देखि सक्रिय रहेको र यसले भारत र अफगानिस्तानसहित ३० भन्दा धेरै मुलुककहा संस्थानलाई निशाना बनाएको जनाइएको छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ५ : ४७ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने