बायर्न म्युनिखले विपक्षीको पोस्टमा गर्‍यो पाँच गोल, डियाजको ह्याट्रिक « Khabarhub

बायर्न म्युनिखले विपक्षीको पोस्टमा गर्‍यो पाँच गोल, डियाजको ह्याट्रिक


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेस लिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिखले शानदार जित निकालेको छ । होफनहाइमलाई ५–१ गोल अन्तरले पराजित गर्दै बायर्नले शानदार जित निकालेको हो ।

बायर्नको जितमा ह्यारी केनले पेनाल्टी गोल गर्दै २० औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको सुरुमै अर्थात् १७ औं मिनेटमा होफनहाइका डिफेन्डर केभिन एक्पोगुमा रातो कार्ड पाएर बाहिरिएपछि टिम १० खेलाडीमा सीमित भएको थियो । तर खेलमा आन्द्रे कामारिचले ३५ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । १० खेलाडीमा सीमित होफनहाइमले विपक्षीको दबाब रोक्न सकेन ।

खेलको ४५ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरे । उसका लागि डियाजले पहिलो हाफको अतिरिक्त समय, ६२ औं मिनेट र ८९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

यो जितसँगै साविक विजेता बायर्न लगातार उपाधिका लागि बलियो बनेको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ७ : ०८ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव