पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा « Khabarhub

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले गाउँघरमै सेवा पाएका छन् ।

ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका आँखा रोगीको पहिचान गर्दै सहज र पहुँचयोग्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गरेको हो ।

आँखा जाँच तथा उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटाउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

शिविरमार्फत आँखाको प्रारम्भिक परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको थियो । आफ्नै गाउँमा आँखा सेवा लिन पाउँदा खुसी लागेको स्थानीयवासी जीतबहादुर भुजेलले बताए ।

‘आँखा जाँच गरा’ उनले भने, ‘यहाँ नै शिविरमा सेवा पाउँदा निकै सहज भएको छ । हामी जस्तै धेरै नागरिक लाभान्वित भएका छौँ ।’

नवदृष्टि आँखा अस्पताल प्रालि खाँदबारी–१, तुम्लिङटार तथा सगुन आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

दक्ष स्वास्थ्यकर्मीमार्फत स्थानीय बासिन्दालाई घरनजिकै गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गरिएको जनाइएको छ ।

गाउँपालिका अध्यक्ष किरण राईले गाउँघरमा रहेका आँखा रोगीको पहिचान गरी समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए ।

‘गाउँस्तरसम्म सहज रूपमा आँखा स्वास्थ्य सेवा विस्तार गर्दै रोगीको पहिचान र उपचार गर्न शिविरमार्फत सेवा प्रवाह गरेका हौँ,’ उनले भने, ‘सबै वडामा शिविर सञ्चालन गरी नागरिकलाई घरनजिकै सेवा प्रदान गरिएको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १० : ४४ बजे

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको