आज ‘चकलेट डे’ : चकलेट दिएर माया आफ्नो बनाउनुहोस् « Khabarhub

आज ‘चकलेट डे’ : चकलेट दिएर माया आफ्नो बनाउनुहोस्


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रणय सप्ताहको तेस्रो दिन अर्थात् चकलेट-डे । भ्यालेन्टाइन सप्ताहको तेस्रो दिन अर्थात् फेब्रुअरी ९ मा चकलेट डे मनाइन्छ । रोज र प्रपोज डे पछि चकलेट आदानप्रदान गरेर यो डे मनाउँछन् ।

चकलेट बच्चादेखि वृद्धसम्मको प्रिय खानेकुरा हो । जन्मदिनको रमाइलो क्षणदेखि अन्य कुनै पनि विशेष समारोहमा चकलेट उपहारको रूपमा प्रयोग गरिन्छ । 

विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ ।  ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ । 

आजको दिन आफ्ना नजिकका र प्रियजनहरूलाई चकलेट दिएर खुसी बनाउन सकिन्छ । प्रेम सप्ताहको तेस्रो दिन आफूले माया गरेको मान्छेलाई पनि चकलेट दिने चलन छ । चकलेट जस्तै मिठो सम्बन्ध बनोस् भनेर यो दिन चकलेट साटासाट गरेर मनाइन्छ ।

सबै चकलेट स्वास्थ्यका लागि फाइदाजनक छन् भन्ने होइन, तर छानेर राम्रो गुणस्तरका चकलेट खाने हो भने यसले धेरै फाइदा गर्छ । 

 यस्ता छन् चकलेटका फाइदाहरू 

– चकलेटको सेवनले महिलालाई रजस्वलाको समयमा हुने पीडाबाट राहत दिनुका साथै गर्भवती अवस्थामा शिशुको विकासमा पनि सहयोग गर्छ ।

‍- शरीरमा देखिने कोलेस्ट्रोलको मात्रा कम गर्न चकलेट फाइदाजनक मानिन्छ । 

-चकलेटले छालामा निखार ल्याउँछ । 

– चकलेटमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइने भएकोले मुटु रोग, क्यान्सरका साथै बुढेसकालमा लाग्ने रोगबाट बचाउन मद्दत गर्छ ।

– तथा र डिप्रेसनका बेला चकलेट सेवन गर्नु लाभदायक मानिन्छ । 

–  डार्क चकलेटमा प्रशस्त एन्टिअक्सिडेन्ट पाइने भएकोले मस्तिष्कको कार्य प्रणालीमा सुधार आउँछ र सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

 – चकलेटमा पोटासियम र कपरको मात्राले हृदयाघात हुँदा मुटुको क्षमतालाई कायम राखी रक्तचाप कम गर्नुका साथै धमनी कठोर हुनबाट बचाउँछ ।

-चकलेट सेवनले खोकी कम गर्नुका साथै तनावबाट समेत राहत दिन्छ ।

चकलेटको इतिहास :

चकलेटको इतिहास करिब ५,३०० वर्ष पुरानो छ । जसको सुरुवात दक्षिण अमेरिकाको इक्वेडरमा मायो-चिन्चिपे संस्कृतिले ककाओको प्रयोगबाट गरेका थिए ।

यसलाई पहिला पेय पदार्थको रूपमा माया र एजटेक सभ्यतामा ‘ईश्वरको पेय’ मानिन्थ्यो । १५२८ मा स्पेनीहरूले युरोप भित्र्याएपछि, १८औँ-१९औँ शताब्दीको औद्योगिक क्रान्तिले यसलाई ठोस र गुलियोमा परिणत गर्‍यो ।  विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ११ : ३४ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी

विभिन्न विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३२ वटा विपद्का घटना दर्ता भएका

अफगान प्रहरीले महिलामाथि गरेको दमनको राष्ट्रसङ्घीय विज्ञद्वारा निन्दा

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूको समूहले अफगानिस्तानको पश्चिमी सहर

कुमारी बैंकद्वारा ‘रियल टाइम ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात

काठमाडौं– कुमारी बैंक लिमिटेडले आईएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा नेपालको पहिलो

सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी, नेपालीको विरोधपछि सीमा क्षेत्रबाट फिर्ता

नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा