चुनावी जितलाई रूढीवादी एजेन्डामा रूपान्तरण गर्दै ताकाइची « Khabarhub

चुनावी जितलाई रूढीवादी एजेन्डामा रूपान्तरण गर्दै ताकाइची


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानी प्रधानमन्त्री साने ताकाइचीले आफ्नो व्यक्तिगत लोकप्रियताबाट प्राप्त चुनावी लाभलाई सुरक्षा, अर्थतन्त्र, आप्रवासन र सामाजिक नीतिमा व्यापक रूढीवादी परिवर्तनमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएकी छन् । 

संसदीय चुनावमा दुई तिहाइ बहुमत प्राप्त भएपछि उनले उक्त शक्तिलाई ठोस कानूनी र नीतिगत कदममा अनुवाद गर्ने तयारी सुरु गरेकी हुन् ।

सोमबार उनले मन्त्रिपरिषद् पुनः गठन गर्ने र ढिलाइ भएको बजेटलाई अघि बढाउने प्रक्रिया सुरु गरिन् । यसबाट आगामी हप्ता हुने मतदानमार्फत उनी प्रधानमन्त्रीका रूपमा पुनः चयन हुने अपेक्षा गरिएको छ । एनएचकेसँगको अन्तर्वार्तामा उनले आफ्नो प्रयासले जापानलाई अझ बलियो र समृद्ध बनाउने विश्वास व्यक्त गरिन् ।

मत गणनाको नतिजाअनुसार ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टीले ३१६ सिट जित्दै ४६५ सदस्यीय तल्लो सदनमा सहज बहुमत हासिल गरेको छ ।

यो सन् १९५५ मा पार्टी स्थापना भएयताकै उच्च हो । जापान इनोभेसन पार्टीसँगको गठबन्धनसहित सत्तारूढ पक्षको कुल सिट सङ्ख्या ३५२ पुगेको छ । एलडिपी मुख्यालयमा उनले विजयी उम्मेदवारका नाममाथि रातो रिबन टाँस्दै खुशी व्यक्त गरिन्  ।

यद्यपि माथिल्लो सदनमा पूर्ण बहुमत नभए पनि तल्लो सदनको बलियो समर्थनले ताकाइचीलाई अर्थतन्त्र र सैन्य क्षमताको विस्तारसम्बन्धी एजेन्डा अघि बढाउन सहज बनाएको छ ।

चीनसँग बढ्दो तनाव र अमेरिकासँग सम्बन्ध सुदृढ गर्ने प्रयासबीच उनले विपक्षीसँग संवाद गर्दै नीतिगत लक्ष्य अघि बढाउने बताएकी छन् । ‘म लचिलो हुनेछु’, उनले भनिन् ।

ताकाइची लोकप्रिय भए पनि एलडिपी हालैका वर्षहरूमा कोष र धार्मिक घोटालाबाट प्रभावित भएको थियो । यही पृष्ठभूमिमा उनले पद सम्हालेको तीन महिनामै प्रारम्भिक चुनावको आह्वान गरेकी थिइने् ।

अक्टोबरमा जापानकी पहिलो महिला नेताका रूपमा पदभार सम्हालेकी उनले ‘काम गर्ने, काम गर्ने, काम गर्ने’ नारासहित सक्रिय शैली अपनाएकी छन्, जसले युवा मतदातामा प्रभाव पारेको देखिन्छ ।

विपक्षी दलहरू विभाजित रहेकाले बलियो चुनौती दिन सकेनन् । पूर्व गठबन्धन साझेदार कोमेइटो र कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टीको नयाँ गठबन्धनले ठूलो सिट गुमाउने अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत ताकाइचीलाई ‘ऐतिहासिक जित’ का लागि बधाई दिएकी छन् ।

आगामी दिनमा ताकाइचीले ढिलाइ भएको बजेट पारित गर्दै बढ्दो लागत र सुस्त ज्याला सम्बोधन गर्ने आर्थिक उपाय लागू गर्नेछन् ।

साथै डिसेम्बरसम्म सुरक्षा र रक्षा नीति संशोधन गरी सैन्य क्षमता सुदृढ गर्ने, हतियार निर्यात प्रतिबन्ध हटाउने र रक्षा खर्च बढाउने लक्ष्य राखेकी छन् । आप्रवासन र विदेशी स्वामित्वमा कडा नीति प्रस्तावले समर्थन र आलोचना दुवै पाएको छ ।

विश्लेषकहरूका अनुसार यी कदमले जापानलाई दीर्घकालीन रूपमा रूपान्तरण गर्न सक्छ, तर नागरिक अधिकार, क्षेत्रीय कूटनीति र आन्तरिक ध्रुवीकरणका विषयमा बहस अझ तीव्र हुने देखिन्छ । रासस

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १२ : १६ बजे

आयल निगममा वार्षिक करोडौँको ओभरटाइम भत्ता कटौती, सिफ्ट प्रणाली लागू गरिँदै

काठमान्डौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू 

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री

रासायनिक मल वितरणमा अनियमितता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक

भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी