‘बालबालिकालाई घरमै बनाएको लिटो खुवाउनु बुद्धिमानी हुन्छ’ « Khabarhub

‘बालबालिकालाई घरमै बनाएको लिटो खुवाउनु बुद्धिमानी हुन्छ’



काठमाडौं– हाम्रो समाजमा एउटा गहिरो भ्रम व्याप्त छ कि शरीरलाई चाहिने प्रोटिन प्राप्त गर्नका लागि अनिवार्य रूपमा मासु नै खानुपर्छ वा बजारमा पाइने महँगा प्रोटिन पाउडर नै पिउनुपर्छ ।

 तर, यो सोचाइ पूर्णतः गलत हो हाम्रो घर–भान्सामा पाकिने सामान्य शाकाहारी भोजनमा पनि शरीरलाई आवश्यक पर्ने पर्याप्त प्रोटिन उपलब्ध हुन्छ । 

शरीरका कोष, मांसपेशी र हाडको विकास गर्न तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रोटिन अपरिहार्य तत्त्व हो । विशेषगरी गर्भवती महिला र हुर्कंदै गरेका बालबालिकाका लागि यसको आवश्यकता बढी हुन्छ, तर यसको परिपूर्तिका लागि हजारौं रुपैयाँ खर्च गरेर कृत्रिम पाउडर वा औषधि नै खानुपर्छ भन्ने छैन । 

बरु, बजारिया ‘बडी बिल्डिङ’ पाउडरहरूले स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पार्न सक्ने भएकाले विज्ञको सल्लाहबिना तिनको प्रयोग गर्नुहुँदैन ।

प्रकृतिले हामीलाई मासुको विकल्पमा अनेकौँ सस्तो र स्वस्थकर स्रोतहरू दिएको छ । भटमास प्रोटिनको सबैभन्दा ठूलो स्रोत हो, जसमा १०० ग्राममै ४३ ग्रामसम्म प्रोटिन पाइन्छ । यसबाहेक मुँग, चना, सिमी, रहरजस्ता गेडागुडी र दालहरू प्रोटिनका भण्डार हुन् । अझ यिनलाई भिजाएर टुसा उमारी खाँदा वा दाल र भात सँगै खिचडी वा क्वाँटीका रूपमा खाँदा शरीरले पूर्ण प्रोटिन प्राप्त गर्छ । 

घरमै बनाउन सकिने चनाको सातु, दूध, पानी र र मोही पनि प्रोटिनका उत्कृष्ट स्रोत हुन् । हामीले हेला गर्ने कोदो, फापर, जौ, लट्टे (मार्सी) र कर्णालीको चिनो जस्ता रैथाने अन्नमा विदेशबाट आउने महँगो किनुवा वा सेतो चामलमा भन्दा धेरै गुणा बढी प्रोटिन पाइन्छ । साथै, बदाम, आलस र फर्सीको बियाँले पनि शरीरलाई आवश्यक पोषण दिन्छन् ।

स्वस्थ रहनका लागि महँगो खर्च गर्नु पर्दैन । अण्डा खानेहरूका लागि अण्डा र शाकाहारीहरूका लागि घरकै दाल, सातु, ढिँडो र गेडागुडी नै प्रोटिनका लागि पर्याप्त छन् । बालबालिकालाई पनि बजारको सेर्ल्याक्स भन्दा घरमै बनाएको लिटो वा जाउलो खुवाउनु बुद्धिमानी हुन्छ । 

तसर्थ, मासु वा महँगो पाउडरको भ्रमबाट मुक्त भई आफ्नै भान्सामा उपलब्ध पोसिला खानेकुरालाई सही तरिकाले खाने बानी बसाल्नु नै स्वास्थ्यका लागि सर्वोत्तम उपाय हो ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १२ : ३८ बजे

मन्त्री बादीसँग युएनएफपिएका प्रतिनिधिको भेट

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

उपनिर्वाचनमा फराजको पुनरागमन

लण्डन- बेलायतको रिफर्म युके पार्टीका नेता निगेल फराज क्ल्याक्टन उपनिर्वाचनमा

झापामा प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाही नभए ब्ल्याक आउट गर्ने चेतावनी

काठमाडौं- नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि भएको

काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा डा विवेक बराल

जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन सरकार