उदयपुरमा फागुन १ देखि सुरु हुने एन्फा महिला च्याम्पियनसिपको तयारी पूरा « Khabarhub

उदयपुरमा फागुन १ देखि सुरु हुने एन्फा महिला च्याम्पियनसिपको तयारी पूरा


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी फागुन १ गतेदेखि उदयपुरमा सुरु हुने एन्फा महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । 

एन्फाले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले आगामी फागुन १ देखि ९ गतेसम्म उदयपुरको त्रियुगा नगरपालिकास्थीत थरुहट रंगशालामा आयोजना हुने एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

प्रतियोगितामा गाईघाट एफसी, न्युरोड टीम, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एफसी रियाले, एपीएफ फुटबल क्लव, आरएस रिर्सोट एण्ड विच भलिबल टिम , चर्च व्वाईज युनाइटेड, छहारी एफसी र संकटा एफसी गरि १० टीमको सहभागीता रहने एन्फाले जनाएको छ ।

प्रतियोगिताको बिजेतालाई ७ लाख ५० हजार रुपैयाँ, उपबिजेतालाई ५ लाख रुपैयाँ प्रदान गरिने छ भने फेयर प्ले टीमलाई ५० हजार रुपैयाँ, उत्कृष्ट खेलाडी, गोलकिपर र उच्च गोलकर्तालाई ५० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।

प्रतियोगिताको अनुमानित बजेट १ करोड २० लाख ६२ हजार रुपैयाँ रहेको एन्फाले जनाएको छ । 

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  २ : ०४ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव