उदयपुरमा फागुन १ देखि सुरु हुने एन्फा महिला च्याम्पियनसिपको तयारी पूरा « Khabarhub

उदयपुरमा फागुन १ देखि सुरु हुने एन्फा महिला च्याम्पियनसिपको तयारी पूरा


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी फागुन १ गतेदेखि उदयपुरमा सुरु हुने एन्फा महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । 

एन्फाले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले आगामी फागुन १ देखि ९ गतेसम्म उदयपुरको त्रियुगा नगरपालिकास्थीत थरुहट रंगशालामा आयोजना हुने एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

प्रतियोगितामा गाईघाट एफसी, न्युरोड टीम, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एफसी रियाले, एपीएफ फुटबल क्लव, आरएस रिर्सोट एण्ड विच भलिबल टिम , चर्च व्वाईज युनाइटेड, छहारी एफसी र संकटा एफसी गरि १० टीमको सहभागीता रहने एन्फाले जनाएको छ ।

प्रतियोगिताको बिजेतालाई ७ लाख ५० हजार रुपैयाँ, उपबिजेतालाई ५ लाख रुपैयाँ प्रदान गरिने छ भने फेयर प्ले टीमलाई ५० हजार रुपैयाँ, उत्कृष्ट खेलाडी, गोलकिपर र उच्च गोलकर्तालाई ५० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।

प्रतियोगिताको अनुमानित बजेट १ करोड २० लाख ६२ हजार रुपैयाँ रहेको एन्फाले जनाएको छ । 

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  २ : ०४ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि