पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित « Khabarhub

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो विजयी भएका छन्। उनले कट्टर दक्षिणपन्थी उम्मेद्वार आन्द्रे भेन्टुरालाई पराजित गर्दै स्पष्ट बहुमतसहित जित हासिल गरे ।

आधिकारिक परिणामअनुसार ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा सेगुरोले ६६.७ प्रतिशत मत प्राप्त गरी लिस्बनस्थित नदी किनारको राष्ट्रपतीय निवास ‘गुलाबी दरबार’ मा पाँच वर्षे कार्यकालका लागि निर्वाचित भए। भेन्टुराले ३३.३ प्रतिशत मत प्राप्त गरे ।

यो निर्वाचनलाई भेन्टुराको उग्र र उत्तेजक राजनीतिक अभियानप्रतिको जनसमर्थन कति गहिरो छ भन्ने परीक्षणका रूपमा हेरिएको थियो । उनको चेगा पार्टीले सो शैलीकै कारण पोर्चुगलको संसद्मा दोस्रो ठूलो दलको हैसियत बनाएको छ । 

यस मतपत्रले हालैका वर्षहरूमा युरोपभर देखिएको परिवर्तन र लोकप्रियतावादी राजनीतिप्रतिको जनआकांक्षाको मापनसमेत गरेको विश्लेषकहरूले बताएका छन् ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले सामाजिक सञ्जालमार्फत सेगुरोलाई बधाई दिँदै पोर्चुगलको आवाज साझा युरोपेली मूल्यमान्यताका पक्षमा अझ बलियो रहेको उल्लेख गरे।

दीर्घकालीन समाजवादी राजनीतिज्ञ सेगुरोले आफूलाई मध्यमार्गी उम्मेद्वारका रूपमा प्रस्तुत गरे। उनले केन्द्र–दक्षिणपन्थी अल्पसङ्ख्यक सरकारसँग सहकार्य गर्दै भेन्टुराको स्थापना विरोधी र आप्रवासीविरोधी उग्र भाष्यलाई अस्वीकार गर्ने संकेत दिए ।

बढ्दो लोकप्रियतावादी लहरलाई रोक्न चाहने बायाँ र दायाँ दुवै धारका मुख्यधाराका राजनीतिज्ञहरूको समर्थन पनि उनले प्राप्त गरे।

पोर्चुगलमा राष्ट्रपति पद प्रायः औपचारिक र प्रतीकात्मक मानिन्छ । परम्परागत रूपमा राष्ट्रपतिले राजनीतिक विवादमा मध्यस्थता गर्दै तनाव कम गर्ने र दलगत द्वन्द्वभन्दा माथि उभिने भूमिका निर्वाह गर्दछन् ।

यद्यपि राष्ट्रपतिसँग संसद्बाट पारित कानूनहरूमा भिटो लगाउने अधिकारजस्ता प्रभावशाली औजार छन्, यद्यपि त्यस्ता भिटोहरू संसद्ले उल्ट्याउन सक्छ । यसबाहेक संसद् विघटन गरी समयअगावै चुनाव घोषणा गर्ने अधिकार पनि राष्ट्रपतिसँग रहने गर्दछ, जसलाई पोर्चुगलको राजनीतिक भाषामा ‘परमाणु बम’ भनेर चिनिन्छ ।

मे महिनामा पोर्चुगलले तीन वर्षभित्र तेस्रो आम चुनाव सम्पन्न गरेको थियो, जुन पछिल्ला दशकहरूकै सबैभन्दा गम्भीर राजनीतिक अस्थिरताको अवस्था मानिएको छ । यस्तो पृष्ठभूमिमा राजनीतिक स्थिरता कायम गर्नु नयाँ राष्ट्रपतिका लागि प्रमुख चुनौती रहने देखिएको छ ।

वाक्पटु र नाटकीय शैलीका राजनीतिज्ञका रूपमा चिनिनुहुने भेन्टुरा राजनीतिक समझदारीभन्दा बढी टकरावपूर्ण दृष्टिकोणको पक्षमा उभिए । उनले पोर्चुगलमा व्यापक ‘परिवर्तन’ ल्याउने लक्ष्यका साथ अभियान चलाए।

“मैले फरक बाटो सम्भव छ भनेर देखाउने प्रयास गरेँ, हामीलाई फरक प्रकारको राष्ट्रपति चाहिएको थियो”, भेन्टुराले पत्रकारहरूलाई भने।

रनअफ चरणसम्म पुग्नु नै भेन्टुरा र उनको पार्टीका लागि एउटा महत्त्वपूर्ण कोसेढुङ्गा मानिएको छ । उनको प्रमुख एजेन्डामध्ये एक अत्यधिक आप्रवासन रोक्नु रहेको छ, किनकि हालैका वर्षहरूमा पोर्चुगलमा विदेशी कामदारहरूको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ ।

‘पोर्चुगल हाम्रो हो’, भेन्टुराले अभियानका क्रममा दोहोर्‍याए ।

अभियान अवधिमा उनले देशभर ‘यो बङ्गलादेश होइन’ र ‘आप्रवासीहरूलाई कल्याणमा निर्भर बन्न दिनु हुँदैन’ भन्ने सन्देश भएका बिलबोर्डहरू प्रयोग गरे ।

सात वर्षभन्दा कम समयअघि स्थापना गरिएको चेगा पार्टीले उल्लेखनीय जनसमर्थन बटुल्दै मे १८ मा सम्पन्न आम चुनावमा संसद्को दोस्रो ठूलो दल बन्न सफल भएको थियो ।

सेगुरोले आगामी महिना वर्तमान केन्द्र–दक्षिणपन्थी राष्ट्रपति मार्सेलो रेबेलो डे सौसालाई प्रतिस्थापन गर्नेछन् । डे सौसाले संविधानले तोकेको दुई कार्यकाल पूरा गरिसकेका छन् ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  २ : ५४ बजे

राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन आदेश स्वीकृत

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन

जर्मन युनियनको आग्रह : स्वदेशी लडाकू जेट विकास गर्नुपर्ने

एजेन्सी– फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले संयुक्त युरोपेली युद्धक विमान परियोजनामा

धेरैपछि नेपाली फिल्मको व्यापार पाँच करोड नजिक

काठमाडौं – धेरैपछि नेपाली फिल्मको व्यापार पाँच करोड नजिक पुगेको

यस्तो छ बागलुङ–१ को चुनावी गणित

गण्डकी– यसपालिको चुनावमा बागलुङ–१ को चर्चा र चासो तुलनात्मक रूपमा

बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

खोटाङ– टाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै