‘श्री बुकुरो’ : दशकौँको फिल्म यात्रामा लक्ष्मीको नयाँ मोड « Khabarhub

‘श्री बुकुरो’ : दशकौँको फिल्म यात्रामा लक्ष्मीको नयाँ मोड


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘श्री’ शब्दले सुन्दरता, शक्ति, बुद्धि र धनको सन्तुलनलाई जनाउँछ । यो शब्द प्राय मानिसको नामअगाडि जोडिएर आउँछ ।

फागुन १ मा एक फिल्म ‘श्री बुकुरो’ प्रदर्शनमा आउँदैछ । यसको अर्थ हुन्छ, ‘बुकुरो’ अर्थात् सानो घर ।

यस फिल्ममा ‘श्री’को प्रयोग निर्जीव वस्तुमा प्रयोग गरिएको छ । यसबारे निर्देशक सुदीप भुपाल सिंह भन्छन्, ‘बुकुरोमा एउटा प्राण वा जीवन छ । त्यसैले बुकुरोको अगाडि श्री छ । फिल्ममा देखाउन खोजिएको मुख्य कुरा यही हो ।’

साढे तीन दशकको करिअरको मोड

वरिष्ठ कलाकार लक्ष्मी गिरीको करिब ५ दशकदेखि उनी यही पर्दाको मनोरञ्जन क्षेत्रमा सक्रिय छन् ।

डेब्यू फिल्म ‘भूमरी’ ३५ वर्ष अगाडि प्रदर्शनमा आएको थियो ।

उमेर बढेसँगै उनी सहायक भूमिकामा देखिन थालेकी छन् । तर उनको व्यस्ता कम भएको छैन ।

उनको अभिनय करिअरकै विशेष फिल्म हो ‘श्री बुकुरो’ । किनकि उनी यस फिल्मको शीर्ष भूमिकामा छिन् ।

निर्देशक सिंह भन्छन्, ‘कथा नै उहाँको पक्षबाट बगेको छ । फिल्मको शीर्ष पात्र नै उहाँ हो ।’

‘श्री बुकुरो’ले फिल्मको सबैभन्दा शक्तिशाली पात्र निर्वाह गर्ने अनुभव दिएको लक्ष्मी बताउँछिन् ।

भन्छिन्, ‘तपाईं नै शीर्ष कलाकार हो भनेर निर्देशकले प्रस्ताव गर्दा डर–डर लागेको थियो । आफू नै मुख्य कलाकार भएपछि के हुने हो भन्ने डर लाग्दो रहेछ ।’

यो फिल्मले परिवारको एकतामा हुने शक्ति देखाउन प्रयास गरेको लक्ष्मीको बुझाइ छ ।

उनी भन्छिन्, ‘घर एउटा निर्जीव वस्तु मात्रै होइन । त्यसले भावना र सम्झनाहरू कैद गरेको हुन्छ । घरसँग जीवनको स्मरण जोडिएको हुन्छ भन्ने कुरा फिल्ममा देखाउन खोजिएको छ ।’

निर्देशकको दाबी– विशुद्ध मनोरञ्जनात्मक फिल्म

यो फिल्मको मुख्य भूमिकामा नायक आशिर्वाद क्षेत्री छन् । उनी लभर ब्वाइ हिरोका रुपमा चिनिने नायक हुन् ।

यो फिल्ममा आशिर्वाद क्यारेक्टरमा कलाकारमा छन् । उनी लक्ष्मीको कान्छो छोराको भूमिकामा छन् । उनको जोडीको भूमिकामा नायिका निकिता आचार्य छिन् ।

यो पूर्ण पारिवारिक कथामा बनेको फिल्म रहेको निर्माण पक्षको दाबी छ ।

अहिले पारिवारिक कथामा बनेका फिल्महरुले ‘आशुको व्यापार’ गरिरहेको अवस्था छ । ती फिल्मका निर्माण पक्ष हलमा जान्छन् र दर्शक रोएको भिडियो राखेर प्रचार गरिरहेका छन् ।

निर्देशक सिंह भने यो फिल्मप्रति दर्शकमा त्यस खालको भ्रम नपरोस् भन्ने चाहन्छन् ।

भन्छन्, ‘यो परिवारिक कथामा हो । हास्य र भावुक दृश्य त छन् । तर, दर्शकको आशु मात्रै झार्न हाम्रो उद्देश्य होइन । यो मनोरञ्जन र परिवारको कथा भन्ने फिल्म हो ।’

उनी भन्छन्, ‘त्यसैले हामीले पोस्टरमा मनोरञ्जनात्मक फिल्म लेखेका छौँ ।’

आधुनिक युगमा छरिएको परिवारलाई एकीकृत बनाउने आमाको प्रयासमा फिल्म बनेको उनी बताउँछन् ।

भन्छन्, ‘आफ्ना सन्तानलाई एकीकृत बनाउन आमाले के के गर्छिन् ? उनको भूमिका कस्तो रहछ ? घरको महत्त्व के छ ? भन्ने कुरालाई फिल्ममा देखाएका छौँ ।’

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ६ : ४० बजे

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक