एसियाली खेलकुद लक्षित प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीको निर्देशन « Khabarhub

एसियाली खेलकुद लक्षित प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीको निर्देशन


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने उद्देश्यका साथ सञ्चालित प्रशिक्षणलाई निरन्तरता दिन निर्देशन दिएकी छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, राष्ट्रिय टोली तयारी निर्देशक ओलम्पियन दीपक विष्ट, उपनिर्देशक दीपक श्रेष्ठसहितको टोलीसँग आज भएको भेटमा उनले खेलाडीलाई हौसला र खेलको तयारीमा कुनै कसरी बाँकी नराख्न निर्देशन दिएकी हुन्  ।

आगामी असोजमा जापानमा हुने एसियाली खेलकुदको तयारीमा कुनै कमी हुन नदिन आवश्यक बजेट र अन्य बन्दोबस्त मिलाउन पनि प्रधानमन्त्री कार्कीले सदस्यसचिव मेहतालाई निर्देशन दिइन् । 

राखेपले पदकलाई लक्षित गरी दुई वर्षदेखि १० खेलका ११ टोलीलाई विशेष प्रशिक्षण दिँदै आएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेटले यही माघ महिनासम्म मात्र कार्यक्रम सञ्चालन गर्न सकिने भएपछि बाँकी रकम व्यवस्थापनका लागि प्रधानमन्त्रीलाई निर्देशक विष्टले अनुरोध गरेका थिए ।

युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग पनि आवश्यक समन्वय गर्न भनेकी छन् ।
 

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ६ : ५३ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले