आज २०८२ साल फागुन २५ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन २५ गते सोमबारको राशिफल


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन २५ गते सोमबार चैत कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२६ मार्च ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सोचेका काम नबन्ने जोखिम छ। बोल्दा विवेक प्रयोग गर्नु उचित हुन्छ। सञ्चित धन खर्च हुनेछ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। मिहिनेत गरेर बनाएको योजना सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ।

मिथुन : दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्ने दिन छ। मिहिनेतको फल प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कट : व्यवहार गर्दा सचेत नबने हरेक काममा समस्या हुनसक्छ। सानो कुराले मन अशान्त बन्नेछ। शिक्षाको क्षेत्रमा अवरोध भए पनि मिहिनेत निरन्तर गरेमा सफलता मिल्नेछ।

सिंह : बोल्दा विवेक प्रयोग नगरे आफ्नै बोलीका कारण व्यापारमा जोखिम छ। धार्मिक क्षेत्रको लगाबले मन शान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। रोजगारीको अवसर स्वदेशमै बन्नेछ।

कन्या : दिन उत्तम छ। सोचेका हरेक काम बन्नेछन्। साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। व्यवहारमा नाफा हुँदा मन शान्त बन्नेछ ।

तुला : शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। नाम र दाम दुवै कमाउने योग छ। सोचेर बोल्नुपर्ने समय आएकाले सचेत बन्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

वृश्चिक : आज कुनै कार्यमा सहभागी हुने मौका मिल्नेछ। धार्मिक क्षेत्रका बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। घर व्यवहारमा सुधार हुनेछ ।

धनु : व्यवहारमा सचेत भएर अगाडि नबढ्दा सम:या बढ्नेछ। सानो कुराले महत्त्वपूर्ण काम अवरुद्ध हुने जोखिम छ। दाजुभाइसँगको सहकार्य फलदायी हुने योग छ। विपक्षी समूह सक्रिय भएकाले काम गर्दा सचेत बन्नु उचित हुन्छ।

मकर: आज नसोचेको ठाउँबाट आम्दानी हुनेछ। स्वास्थयमा लाभ हुनेछ। संकटमा परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। मन शान्त बन्ने योग छ ।

कुम्भ : तपाईंको आफ्नै बोली र व्यवहारका कारण काम बन्नेछ। पारिवारिक मेलमिलाप हुनेछ। साथीभाइसँगको भेटले नयाँ योजना तय हुन सक्छ। व्यापारमा नाफा हुनेछ ।

मीन : बोलीमा ख्याल नगर्दा पश्चाताप हुनेछ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ। साना कुराले मन अशान्त हुनेछ। शिक्षामा गरेकी मिहिनेतको फल मिल्नेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : १२ बजे

सडकमा कलम बेच्ने ती बालक, जो पछि करोडौँलाई हँसाउने जोनी लिभर बने

बलिउड सिनेमा उद्योगमा जब कमेडीको चर्चा हुन्छ, सबैभन्दा पहिले सम्झिने

कलाकार बलेमाथि अमेरिकाबाट युवतीले लगाइन् गम्भीर आरोप

काठमाडौं– कलाकार कथा मोडल सागर लम्साल बलेमाथि अमेरिकामा बस्दै आएको

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले