समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, कांग्रेस र एमाले धेरै पछाडि : कसको मत कति ? « Khabarhub

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, कांग्रेस र एमाले धेरै पछाडि : कसको मत कति ?


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षमा जस्तै मानुपातिकमासमेत ऐतिहासिक मत पाएको छ ।

प्रत्यक्षतर्फको १६१ सिटको मतगणना भइसक्दा अहिलेसम्म रास्वपाले १२४ सिट जितेको छ । रास्वपा अब एक क्षेत्रमा अगाडि छ । समानुपातिकतर्फ भने रास्वपाले ३६ लाख ५० हजार २१ मत पाएको छ ।

दोस्रो दल बन्न लागेको नेपाली कांग्रेसले प्रत्यक्षमा १७ सिटमा चित्त बुझाउँदा समानुपातिकतर्फ १२ लाख ३० हजार ३६२ मत पाएको छ ।

प्रत्यक्षमा तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले आठ क्षेत्रमा जित निकाल्दा एक क्षेत्रमा अग्रता कायम राखेको छ । समानुपातिकमा एमालेले १० लाख ४० हजार १६८ मत पाएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्ष सात सिट जित्दा समानुपातिकमा ५ लाख ३४ हजार १५६ मत पाएको छ ।

हर्कराज राईको श्रम संस्कृति पार्टीले प्रत्यक्षमा तीन क्षेत्र सुरक्षित गर्दा समानुपातिकतर्फ दुई लाख ३९ हजार ७२ मत पाएको छ । प्रत्यक्षमा एक क्षेत्र जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ दुई लाख ५७ हजार ६ मत पाएको छ । राप्रपा र श्रम संस्कृतिसम्मका पार्टीले थ्रेसहोल्ड कटाउने सम्भावना देखिए पनि समानुपातिकतर्फ अन्य दलले तीन प्रतिशत थ्रेसहोल्ड कटाउने सम्भावना कम बन्दै गएको छ ।

निर्वाचन आयोगले आज दिउँसोसम्ममा प्रत्यक्षतर्फ सबै क्षेत्रको परिणाम सार्वजनिक हुने बताएको छ । समानुपातिकतर्फको परिणाम भने मंगलबारसम्ममा सक्ने योजना आयोगको रहेको विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : ४२ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को