समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, कांग्रेस र एमाले धेरै पछाडि : कसको मत कति ? « Khabarhub

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, कांग्रेस र एमाले धेरै पछाडि : कसको मत कति ?


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षमा जस्तै मानुपातिकमासमेत ऐतिहासिक मत पाएको छ ।

प्रत्यक्षतर्फको १६१ सिटको मतगणना भइसक्दा अहिलेसम्म रास्वपाले १२४ सिट जितेको छ । रास्वपा अब एक क्षेत्रमा अगाडि छ । समानुपातिकतर्फ भने रास्वपाले ३६ लाख ५० हजार २१ मत पाएको छ ।

दोस्रो दल बन्न लागेको नेपाली कांग्रेसले प्रत्यक्षमा १७ सिटमा चित्त बुझाउँदा समानुपातिकतर्फ १२ लाख ३० हजार ३६२ मत पाएको छ ।

प्रत्यक्षमा तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले आठ क्षेत्रमा जित निकाल्दा एक क्षेत्रमा अग्रता कायम राखेको छ । समानुपातिकमा एमालेले १० लाख ४० हजार १६८ मत पाएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्ष सात सिट जित्दा समानुपातिकमा ५ लाख ३४ हजार १५६ मत पाएको छ ।

हर्कराज राईको श्रम संस्कृति पार्टीले प्रत्यक्षमा तीन क्षेत्र सुरक्षित गर्दा समानुपातिकतर्फ दुई लाख ३९ हजार ७२ मत पाएको छ । प्रत्यक्षमा एक क्षेत्र जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ दुई लाख ५७ हजार ६ मत पाएको छ । राप्रपा र श्रम संस्कृतिसम्मका पार्टीले थ्रेसहोल्ड कटाउने सम्भावना देखिए पनि समानुपातिकतर्फ अन्य दलले तीन प्रतिशत थ्रेसहोल्ड कटाउने सम्भावना कम बन्दै गएको छ ।

निर्वाचन आयोगले आज दिउँसोसम्ममा प्रत्यक्षतर्फ सबै क्षेत्रको परिणाम सार्वजनिक हुने बताएको छ । समानुपातिकतर्फको परिणाम भने मंगलबारसम्ममा सक्ने योजना आयोगको रहेको विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : ४२ बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ