सर्लाही र सिन्धुलीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

सर्लाही र सिन्धुलीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाहीको कविलासी नगरपालिका-७ गैरस्थित सडकमा गैरबाट कविलासीतर्फ जाँदै गरेको बिआर ३० एपि २३१५ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक कविलासी नगरपालिका-८ बस्ने २३ वर्षीय पपु साहको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि वीरगंज रिफर गरिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका-९ इनारपानीस्थित सडकमा सिन्धुलीबाट दुधौलीतर्फ जाँदै गरेको प्र.१-०५-००१ प ९५५७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ८२ वर्षीया कौशिला माया गिरीको आइतबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभस्वस्तिक अस्पताल बर्दीबासमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १२ : ४९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह