टुकुचामा महानगरले थाल्यो सिंगल सेल बक्स कलभट निर्माण (तस्बिरहरू) « Khabarhub

टुकुचामा महानगरले थाल्यो सिंगल सेल बक्स कलभट निर्माण (तस्बिरहरू)


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण कार्य सुरु गरेको छ ।

कल्भर्ट निर्माणको काम आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी अर्काईभ स्टार निर्माण सेवा प्राइभेट लिमिटेड पक्षसँग सम्झौता भएको छ । यो कल्भर्ट सडकतर्फ ५ मिटर र पानी वहाव हुनेतर्फ १४ मिटरको हुनेछ । 
 
अहिले त्यहाँ पानीको निकासका लागि ह्युम पाइप राखिने छ । कल्भर्ट निर्माणको काम प्रारम्भ भएसँगै हाललाई सो सडक  आवागमनमा  पूर्ण बन्द गरिएको छ । 

डिल्लीबजार पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गरिएको छ ।

यसको सम्झौता रकम ५७ लाख ७२ हजार ६९४ रुपियाँ रहेको छ ।कल्भर्ट निर्माणको क्रममा सो सडक भएर हिँड्ने सर्वसाधारण जोखिम मोलेर हिँड्नु परेकाले हाल महानगरले पैदल यात्रीलाई समेत निषेध गरी निर्माण कार्य अगाडी बढाउने जानकारी दिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १ : ४६ बजे

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही

नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

काठमाडौं– नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

गोरखा– पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल