बालेनलाई भावी प्रधानमन्त्री सम्बोधन गरेर राजेशको गीत उपहार « Khabarhub

बालेनलाई भावी प्रधानमन्त्री सम्बोधन गरेर राजेशको गीत उपहार


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीका रुपमा अघि सारेका नेता बानेन्द्र शाह (बालेन) झापा ५ बाट निर्वाचित भएपछि गायक राजेश पायल राईले गीत उपहार दिएका छन् ।

राजेशले ‘झिक्कै झिक्कै माया तम्लाई’ शीर्षकको गीत बालेनलाई उपहार दिएका हुन् ।

गीत सार्वजनिक गर्दै राजेशले लेखेका छन्, ‘मैले गीत नै उपहार दिएँ । बाँकी हेर्नु नहेर्नु तपाईंको अधिकार । भावी प्रधानमन्त्री बालेन शाहको स्ट्याटसबाट लिएको शब्द– झिक्कै झिक्कै माया तम्लाई ।’

स्ट्याटसमा राजेशले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा स्वीकार गरेका छन् ।

चुनावी प्रचारका क्रममा सुदूरपश्चिममा रहँदा बालेनले एक तस्बिर सार्वजनिक गर्दै क्याप्सन ‘झिक्कै झिक्कै माया तम्लाई’ लेखेका थिए ।

धनगढीको चुनावी सभामा भाषण गर्ने क्रममा पनि उनले उक्त लाइन दोहो¥याएका थिए । त्यसपछि यो लाइन भइरल बनेको थियो ।

बालेनले चुनावी प्रचारका क्रममा प्रयोग गरेका शब्दहरू जोडेर राजेशले गीत बनाएका हुन् । गीतको भिडियोमा भने रास्वापका सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका संस्थापक हर्क साम्पाङको तस्बिर पनि देख्न सकिन्छ ।

यो गीत राजेशको आधिकारिक युट्युब च्यानलबाटै सार्वजनिक भएको छ ।

लिंक :

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ३ : ११ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार