प्रतिनिधिसभा निर्वाचनमा घण्टीको आँधी, १० पूर्वस्वास्थ्यमन्त्री एकैपटक सोत्तर « Khabarhub

प्रतिनिधिसभा निर्वाचनमा घण्टीको आँधी, १० पूर्वस्वास्थ्यमन्त्री एकैपटक सोत्तर


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

प्रतिनिधिसभा निर्वाचनको नतिजाले स्वास्थ्य क्षेत्रको नेतृत्वसमेत सम्हालिसकेका प्रभावशाली नेताहरूलाई ठूलो झट्का दिएको छ । 
आइतबार साँझसम्म सार्वजनिक परिणामअनुसार पूर्व स्वास्थ्यमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका १० जना नेता विभिन्न निर्वाचन क्षेत्रबाट पराजित भएका छन् ।

यसपटकको निर्वाचनमा विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयले पुराना दलका धेरै अनुभवी नेताहरूलाई पराजयको सामना गर्नुपरेको छ । 

पराजित हुने पूर्व स्वास्थ्यमन्त्रीहरूमा गगनकुमार थापा, उपेन्द्र यादव, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, गिरिराजमणि पोखरेल, प्रदीप पौडेल, भानुभक्त ढकाल, पदम गिरी, प्रदीप यादव र शेरबहादुर तामाङ रहेका छन् । 

गगन थापा 

नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भए । 

सिंहले ३५ हजार ६८८ मत ल्याएर विजयी हुँदा थापाले २२ हजार ८३१ मत पाए । थापा यसअघि लगातार ४ पटक सांसद बनेका थिए । 

प्रदीप पौडेल

काठमाडौं–५ मा पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल रास्वपाका सस्मित पोखरेलसँग ठूलो मतान्तरले पराजित भए । पोखरेलले ३० हजार ७३७ मत ल्याएर विजयी हुँदा पौडेलले ९ हजार १५९ मत मात्रै पाए । 

पौडेल अघिल्लो निर्वाचन २०७९ मा काठमाडौं ५ बाटै एमालेका ईश्वर पोखरेललाई हराउँदै विजयी भएका थिए । 

उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव त्यस्तै सप्तरी–३ मा रास्वपाका अमरकान्त चौधरीसँग १७ हजारभन्दा बढी मतान्तरले पराजित भए । 

चौधरीले ३२ हजार ८७५ मत ल्याउँदा यादवले १५ हजार २३९ मत पाए । यसअघि ४ पटकसम्म सांसद बनेका यादवले उपप्रधानमन्त्रीदेखि स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । 

राजेन्द्र महतो 

सर्लाही–२ मा राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो रास्वपाका रविन महतोसँग पराजित भए । रविन महतोले ४२ हजार ५१२ मत ल्याउँदा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका महतोले जम्मा ५ हजार ९९२ मत प्राप्त गरे । 

गिरिराजमणि पोखरेल

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल महोत्तरी–१ मा रास्वपाका प्रमोदकुमार महतोसँग पराजित भए । 

महतोले ३४ हजार ६३६ मत ल्याएर विजयी हुँदा पोखरेलले १२ हजार ६३४ मत पाए । 

पदम गिरी

एमालेका नेता तथा पूर्व स्वास्थ्यमन्त्री पदम गिरी पर्वतमा रास्वपाका सागर भुसालसँग पराजित भए । भुसालले २६ हजार ५६१ मत ल्याएर विजयी हुँदा गिरीले १५ हजार ७५ मत पाए ।

भानुभक्त ढकाल

तेर्‍हथुमबाट चुनाव लडेका एमालेका पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल नेपाली कांग्रेसका सन्तोष सुब्बासँग पराजित भए । सुब्बाले ११ हजार ५६१ मत ल्याएर विजयी हुँदा ढकालले १० हजार ६८२ मत पाए ।

तीनपटकसम्म सांसद बन्ने अवसर पाएका पोखरेलले स्वास्थ्यसँगै शिक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए । 

शेरबहादुर तामाङ

सिन्धुपाल्चोक–२ मा एमालेका नेता तथा पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ तेस्रो स्थानमा रहे । उक्त क्षेत्रमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल २१ हजार ६९९ मतसहित विजयी भए ।

प्रदीप यादव 

नेकपा एमालेबाट पर्सा–१ मा उम्मेदवार रहेका पूर्व स्वास्थ्यमन्त्री प्रदीप यादव रास्वपाका बुद्धिप्रसाद पन्तसँग पराजित भए । 
पन्तले २७ हजार २७४ मत ल्याउँदा यादवले १३ हजार ३० मत पाए । 

हृदयेश त्रिपाठी

नवलपरासी पश्चिम–१ मा जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी रास्वपाका विक्रम खनालसँग पराजित भए । 

खनालले ४५ हजार २४१ मत ल्याउँदा त्रिपाठीले जम्मा ७ हजार ८ सय ३२ मत ल्याए । विभिन्न सरकारमा पटक पटक मन्त्री बनेका त्रिपाठीले स्वास्थ्य मन्त्रालय तथा शिक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए । 

यसरी नेपाल सरकारको महत्त्वपूर्ण मन्त्रालय स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालिसकेका प्रभावशाली नेताहरूको एकै पटक पराजयले यसपटकको निर्वाचनले राजनीतिक शक्ति सन्तुलन मात्रै होइन, पुरानो नेतृत्वप्रति मतदाताको धारणा पनि बदलिएको संकेत दिएको छ । 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ३ : ०९ बजे

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।