रेखाको निर्देशनमा ‘माया भनेको यस्तै होला’को सुटिङ सुरू « Khabarhub

रेखाको निर्देशनमा ‘माया भनेको यस्तै होला’को सुटिङ सुरू


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका रेखा थापाको निर्देशनमा फिल्म ‘माया भनेको यस्तै होला’को सुटिङ सुरु भएको छ ।

महाशिवरात्रिको अवसर पारेर फागुन ३ गते निर्माण घोषण गरिएको यस फिल्मको सुटिङ सोमबारबाट सुरु भएको भएको हो । काठमाडौंका शिवपुरबाट रेखाले सुटिङ सुरु गरेकी हुन् ।

रेखा आठ वर्षपछि यही फिल्मबाट निर्देशनमा फर्किएकी हुन् । उनले यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरेकी थिइन् । रेखाले पहिलो पटक बाहिरी ब्यानरको फिल्म निर्देशन गर्न लागेकी हुन् ।

रेखाका अनुसार काठमाडौं वरवर नै यसको छायाङ्कन हुनेछ । एक महिने तालिका लिएर उनी छायाङ्कनमा निस्किएकी हुन् ।

‘माया भनेको यस्तै होला’मा दुई पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठ नायिकाको भूमिकामा छन् । त्यस्तै, पूर्वमिस नेपाल इन्टरनेन्सल नीति शाह पनि यसको शीर्ष नायिका हुन् । नायकको भूमिकामा दिल श्रेष्ठ रहेका छन् ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण हुने यस फिल्मको लेखक ध्रुव लम्साल हुन् । तीज लक्षित गरी फिल्म प्रदर्शनमा ल्याउने रेखाको तयारी रहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ३ : २१ बजे

भारतमा विशाल जनगणना सुरु

नयाँदिल्ली– तीव्र रूपमा बढ्दो जनसङ्ख्या र स्रोत व्यवस्थापनको दबाबबीच भारतले

सरकारले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राख्यो

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले व्यवसायी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा

एमालेले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम, वैशाख १२ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं– नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

दुई दशक धाउँदा पनि आमाको नामबाट नागरिकता नपाएका पीडित भन्छन्- एनजाइटीको रोगी भएँ

काठमाडौं– आमाको नामबाट नागरिकता लिन अझै असहज भएको पीडितहरूले बताएका

वैदेशिक रोजगारमा जाने कामदारले जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने