रेखाको निर्देशनमा ‘माया भनेको यस्तै होला’को सुटिङ सुरू « Khabarhub

रेखाको निर्देशनमा ‘माया भनेको यस्तै होला’को सुटिङ सुरू


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका रेखा थापाको निर्देशनमा फिल्म ‘माया भनेको यस्तै होला’को सुटिङ सुरु भएको छ ।

महाशिवरात्रिको अवसर पारेर फागुन ३ गते निर्माण घोषण गरिएको यस फिल्मको सुटिङ सोमबारबाट सुरु भएको भएको हो । काठमाडौंका शिवपुरबाट रेखाले सुटिङ सुरु गरेकी हुन् ।

रेखा आठ वर्षपछि यही फिल्मबाट निर्देशनमा फर्किएकी हुन् । उनले यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरेकी थिइन् । रेखाले पहिलो पटक बाहिरी ब्यानरको फिल्म निर्देशन गर्न लागेकी हुन् ।

रेखाका अनुसार काठमाडौं वरवर नै यसको छायाङ्कन हुनेछ । एक महिने तालिका लिएर उनी छायाङ्कनमा निस्किएकी हुन् ।

‘माया भनेको यस्तै होला’मा दुई पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठ नायिकाको भूमिकामा छन् । त्यस्तै, पूर्वमिस नेपाल इन्टरनेन्सल नीति शाह पनि यसको शीर्ष नायिका हुन् । नायकको भूमिकामा दिल श्रेष्ठ रहेका छन् ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण हुने यस फिल्मको लेखक ध्रुव लम्साल हुन् । तीज लक्षित गरी फिल्म प्रदर्शनमा ल्याउने रेखाको तयारी रहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ३ : २१ बजे

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको