धनुषा १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको कारण देखाऊ आदेश « Khabarhub

धनुषा १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको कारण देखाऊ आदेश


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालत ले इलाम–२ को प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलले दायर गरेको उत्प्रेषण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

अदालतले रिट निवेदनसँग सम्बन्धित कागजात अध्ययन गरी निवेदकतर्फबाट अधिवक्ता दीपेन्द्र झाले गरेको बहससमेत सुनेपछि यो आदेश जारी गरेको हो।

आदेशमा निवेदकको मागअनुसार आदेश किन जारी हुनु नपर्ने हो भन्ने आधार र कारणसहित सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई निर्देशन दिइएको छ।

अन्तरिम आदेशको मागबारे विचार गर्दा बहसका क्रममा प्रस्तुत गरिएको निर्वाचन आयोगको फागुन २४ को पत्रअनुसार अदालतबाट आदेश नहुँदासम्म उक्त निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपरिणाम घोषणा नगर्न सम्बन्धित निर्वाचन अधिकृतलाई जानकारी गराइसकिएको देखिएको अदालतले जनाएको छ।

विषयको संवेदनशीलता र गाम्भीर्यतालाई ध्यानमा राख्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा आयोगको धारणासमेत सुनेर निर्णय गर्न उपयुक्त हुने अदालतले उल्लेख गरेको छ।

यसका लागि अदालतले फागुन २९ गते प्राथमिकतामा पर्ने गरी पेसी तोकेको छ। उक्त दिनको छलफलका लागि आयोगले फागुन १८ भएको निवेदकको उम्मेदवारी खारेज गर्ने निर्णयसम्बन्धी फाइल पनि अदालतमा उपस्थित गराउन आदेश दिइएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : ०१ बजे

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ

संविधान संशोधन बहसपत्र कार्यदलको कार्याेजना बनाउने जम्मा सुवेदीलाई

काठमाडौँ– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२