समानुपातिकतर्फ रास्वपाले छलाङ मार्दा श्रम संस्कृति बन्यो राष्ट्रिय दल, राप्रपा पनि अब निश्चित « Khabarhub

समानुपातिकतर्फ रास्वपाले छलाङ मार्दा श्रम संस्कृति बन्यो राष्ट्रिय दल, राप्रपा पनि अब निश्चित


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोग नेपालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिकतर्फ हालसम्म ९७ लाख ५१ हजार २३२ मत गणना भएको छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिकतर्फ हालसम्म ९७ लाख ५१ हजार २३२ मत गणना हुँदा श्रम संस्कृति पार्टी राष्ट्रिय दल बनेको छ। प्रत्यक्षतर्फ खोटाङ, भोजपुर र सुनसरी १ मा जितेको उसले अब कम्तीमा ४ समानुपातिक सिट पाउँछ ।

हर्क साम्पाङ नेतृत्वको नयाँ दल श्रम संस्कृति पार्टीले चुनावमा भाग लिएको पहिलो प्रयासमा राष्ट्रिय दलको मान्यता पाएको हो । ९७ लाख मत गनिसक्दा उसले अहिलेसम्म ३ लाख ३२ हजार ८३७ मत प्राप्त गरिसकेको छ ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आवश्यक मतको नजिक पुग्दै राष्ट्रिय दलको दौडमा देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख ९ हजार ७८५ मत प्राप्त गर्दै राष्ट्रिय दल बन्ने करिब निश्चित गरेको छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी भने स्पष्ट अग्रता कायम गर्दै सबैभन्दा धेरै मतसहित पहिलो स्थानमा रहेको छ।

गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट अग्रतासहित पहिलो स्थानमा रहेको छ। रास्वपाले ४६ लाख ९८ हजार ४१० मत प्राप्त गरेको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १५ लाख ८० हजार ३०९ मत पाएको छ भने तेस्रो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ले १३ लाख १७ हजार ५१४ मत प्राप्त गरेको छ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ७ लाख १० हजार ४८० मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ८ : ०९ बजे

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी घोषित, आयोगले दियो प्रमाणपत्र

काठमाडौं – आज सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि धनुषा–१ मा

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको फोन संवाद, जितका लागि दिए बधाई

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको निर्वाचनमा विशाल

गृहमन्त्री अर्यालद्वारा काठमाडौं प्रहरी परिसरको अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल तथा गृह मन्त्रालयका उच्चस्तरीय अधिकारीसहितको

निर्वाचनले सुशासनयुक्त मुलुक निर्माणको पक्षमा अभिमत दियो : मुख्यमन्त्री शाह

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले यही फागुन

नेतृत्व नसच्चिए एमाले अझै तहसनहस हुन्छः विजय सुब्बा

काठमाडौं – नेकपा एमालेका नेता विजय सुब्बाले आफ्नो पार्टीभित्र देखिएको