मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने « Khabarhub

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको टेलिफोन संवादमा नेपालको प्राथमिकताका चार विषय उठाएको बताएका छन् ।

भारतका प्रधानमन्त्री मोदीले दिएको बधाई सन्देशप्रति प्रतिक्रिया जनाउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल–भारत सम्बन्धलाई आपसी सम्मान र साझा समृद्धिमा आधारित बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाए ।

रास्वपाले नेपाली जनताको लोकतान्त्रिक जनादेशलाई मान्यता दिँदै शुभकामना दिएकोमा मोदीप्रति धन्यवाद पनि दिएको उनले बताएका छन् । पार्टीका तर्फबाट सभापति लामिछानेद्वारा जारी प्रतिक्रियामा रास्वपा नेतृत्वको सरकार ‘विकास कूटनीति’लाई प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गरिएको छ ।

लामिछानेले नेपाल र भारतबीचको सहकार्यलाई अझ उचाइमा पुर्‍याउन कनेक्टिभिटी, सांस्कृतिक पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा साझेदारी विस्तार गरिने जनाइएको छ । यी चार क्षेत्रमार्फत दुवै देशका जनताको समृद्ध भविष्य सुनिश्चित गर्ने लक्ष्य राखिएको रास्वपा सभापति लामिछानेको भनाइ छ।

सोमबार रवि र वरिष्ठ नेता बालेन साहसँग भारतीय प्रधानमन्त्री मोदीले फोन संवाद गरेर फागुन २१ मा भएको निर्वाचनमा प्राप्त विशाल जितका लागि बधाई दिएका थिए । मोदीलेटेलिफोन संवादमा दुवै नेतालाई निर्वाचनमा प्राप्त जित तथा रास्वपाको उल्लेखनीय सफलताका लागि बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गरेका थिए। उनले नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको कल्याणका लागि सहकार्य गर्न भारत प्रतिबद्ध रहेको बताए ।

मोदीले दुवै देशको संयुक्त प्रयासमार्फत् आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विश्वास पनि व्यक्त गरे। यसअघि फागुन २१ को निर्वाचन सफलतापूर्वक गराएकोमा सरकार र नेपाली जनतालाई उनले बधाई दिएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १० : २८ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी