०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ –
यो वर्ष विशेष के भए ? कस्ता गतिविधि भए ? कुन गीत चर्चामा आए ? को कस्ता कन्ट्रोभर्सीमा फसे ? सरसर्ती हेरौँ ।
यो वर्ष चर्चा आउने गायिकाहरू एलिना चौहान र ज्योति मगर हुन् । गीत नचल्दा पनि कन्ट्रोभर्सीले यिनलाई चर्चामा ल्यायो ।
चौहान अमेरिका लैजानले आयोजकसँगको लफडाले चर्चामा आइन् । गत पुषमा यो घटनाले राम्रै चर्चा पायो ।
गायिका ज्योति मगर एमालेलाई समर्थन र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आलोचनात्मकरुपमा प्रस्तुत हुँदा कन्ट्रोभर्सीमा फसिन् ।
उनीमाथि ‘एमाले’को ट्याग पनि लाग्यो । सामाजिक सञ्जालमा आक्रमण पनि भयो । तर, ज्योतिले आफ्नो विचार राख्न अझै छोडिनन् । ज्योतिले आक्रमणको ‘बाल’ दिइनन् । उनी अझै आफ्नो विचारमा अडिक छिन् ।
गायक प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा प्रवेश गरे । समानुपातिक सांसदको उम्मेद्वार पनि भए । पार्टीले झन्डै दुई तिहाइ सिट पाउँदा पनि उनी सांसद भएनन् । यही कुराले उनी पनि आलोचना र चर्चामा रहे ।
चर्चामा ‘यो देश’

भदौको जेन–जी आन्दोलन र चुनावमा प्रयोग भएकाले ‘यो देश’ बोलको गीत समाजिक सञ्जालमा भाइरल भयो ।
धेरैको मुखमा यो गीत झुण्डियो – लेखौँ भविष्य आफ्नो आफैँ नै अरु कोही आइ बनाउँदैन यो देश । तर, यो गीत यो वर्ष चर्चामा आएपनि सार्वजनिक पहिल्यै भएको हो ।
यो गीत ०८० सालमा प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’मा समावेश छ । यो गीतमा निर्देशकसमेत रहेका निश्चल बस्नेत, जयन जे वाइबा र रोशन थापाले स्वर दिएका छन् । वाइबाको शब्द र संगीत रहेको छ । गीतकै कारण वाइबाले चर्चा पनि पाए ।
‘राम्रो सिर्जना अमर रहन्छ’ भन्ने भनाइलाई यो गीतमा लागू भयो । ढिलै भए पनि समय आएपछि सर्जकले प्रशंसा पाए ।
तर, ‘दिमाग खराब’ भने यो वर्ष विवादमा आएको फिल्म हो । पुराना दलहरूको आरोप छ– जनताको मानसिकता परिवर्तन गर्न निर्देशक बस्नेतले यो फिल्म चुनावअघि युट्युबमा सार्वजनिक गरे ।
बालेनको उस्थिति

बालेन यो वर्ष सुरु हुँदा काठमाडौँ महानगर पालिकाको मेयर थिए । अन्त्यमा उनी प्रधानमन्त्री भए ।
जेन–जी आन्दोलनले परिवर्तन भएको राजनीतिक महोलले उनलाई प्रधानमन्त्री बनायो ।
र्याप पृष्ठभूमिका बालेनले यो वर्ष दुई गीत निकाले– आम नेपाली बुवा र जय महाकाली । पहिलो गीत खासै चर्चा भएन । तर, पुरानो रिमेक ‘जय महाकाली’ले रेकर्ड नै रकेर्ड बनायो ।
प्रधानमन्त्रीको शपथ खाने अघिल्लो दिन सार्वजनिक भएको यो गीतले ३ घण्टामै १० लाख भ्युज पायो । यो सबैभन्दा छिटो १० लाख पुग्ने नेपाली गीत बन्यो ।
२४ घण्टामा सबैभन्दा बढी हेरिएको गीतको रकेर्ड पनि यसले बनायो । यो गीतले उक्त अवधिमा ३५ लाख भ्युज पायो ।
यो गीतले सबैचभन्दा छिटो ५० लाख भ्युज पाएर अर्को कीर्तिमान राखेको छ । यो गीतले अहिलेसम्म ६ करोड ७० लाख भ्युज पाएको छ ।
नयाँ गायकको उदय

यो वर्ष गीत ‘झलीको’बाट गायक अर्जुन सापकोटाको उदय भयो । चार महिनाअघि यो गीत सार्वजनिक हुनुअघि उनी संघर्षरत गायकमै गनिन्थे ।
यो गीत टिकटकमा भाइरल भयो । त्यसपछि उनी स्टेज कार्यक्रममा स्थापित कलाकार सरह नै देखिन थालेका छन् । ‘झलिको’ले युट्युबमा दुई करोड ८० लाखभन्दा बढी भ्युज पाएको छ ।
चार करोड भ्युज कटाउने थप गीत
अहिले फिल्म ‘लालीबजार’को गीत ‘मायालाई के दिउ’ चर्चामा छ । टिकटक र सामाजिक सञ्जालमा यसको चर्चा उस्तै छ । हुन पनि यो गीतले सार्वजनिक भएको एक महिना नबित्दै एक करोड १० लाखभन्दा बढी भ्युज पाएको छ ।
यो वर्ष सबैभन्दा भ्युज पाउने फिल्मको गीत भने ‘न्यौली वनैमा’ हो । यो गीत फिल्म ‘वरिष्ठ बलराम’ मा समावेश छ ।
गायिका शान्तिश्री परियार र प्रशान्त सिवाकोटीको स्वर रहेको यस गीतले ४ करोड ४० लाखभन्दा बढी भ्युज पाएको छ ।
सबैभन्दा बढी भ्युज पाउने गीत भने ‘राधा’ हो । गायक स्वप्न सुमानको यस गीतम ४ करोड ४५ लाख भ्युज पाएको छ । अहिलेको अवस्थामा सबैभन्दा बढी भ्युज पाउने गीत यही हो ।













प्रतिक्रिया