राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित « Khabarhub

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।

दिल्लीस्थित अरुण जेटली स्टेडियममा बुधबार राति भएको खेलमा २११ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली दिल्ली निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रनमा समेटिएको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २१० रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले ४४ बलमा ७० रनको शानदार अर्धशतकीय योगदान दिए । जोस बटलर र वाशिङ्टन सुन्दरले अर्धशतक बनाए ।

२११ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि केएल राहुलले ५२ बलमा ९२ रनको शानदार अर्धशतकीय पारी खेले । दिल्लीको पछिल्लोक्रमका ब्याट्सम्यानले टिकेर नखेल्दा एक रनले चुकेको हो । दिल्लीमाथि रोमाञ्चक जित निकाल्दा राशिद खानको बलिङ गरे । चार ओभर बलिङ गर्दा उनले मात्र १७ रन खर्चिएर तीन विकेट लिए ।

यो हारसँगै दिल्ली तीन खेल खेल्दा चार अंकसहित तालिकाको चौथो स्थानमा छ । समान खेल खेलेको गुजरात दुई अंकसहित छैटौ स्थानमा छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ६ : ४५ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण